परराष्ट्रमन्त्रीमा रमेश रिजाल नियुक्त हुने भएका छन्। स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले परराष्ट्रमन्त्रीमा रमेश रिजाललाई नियुक्त गर्न लागेका हुन्।
८ वटा मन्त्रालयसहित सरकारमा सहभागि हुन लागेको कांग्रेसमा परराष्ट्रमन्त्रीको विषय टुंगो लाग्न सकेको थिएन।
रिजाल निकट एक नेताले भने, ‘रमेश रिजालजीलाई धुम्बाराहीले परराष्ट्र मन्त्री बन्न भनेको छ। तपाईं परराष्ट्र मन्त्री होइन भनेर कसैले भनेको छैन।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार दिउँसो गर्ने मन्त्रिपरिषद् विस्तार गर्दैछन्। सत्ता गठबन्धनमा भएको समझदारी अनुसार परराष्ट्र मन्त्रालय नेपाली कांग्रेसले पाउने भएको छ।
रिजाल पर्सा–४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। ०४८ सालदेखि नै उनी प्रत्यक्ष निर्वाचन लडिरहेका छन्। उनी ०४८ र ०५२ को निर्वाच्नमा विजयी भएका थिए भने ०५६ सालको निर्वाचनमा भने पराजित भए।
०६४ सालमा पुनः विजयी भएका उनी त्यसपछि ०७० र ०७४ सालको निर्वाचनमा पराजित भएका थिए।
गत ४ मंसिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका जालिम मियाँ मन्सुरीलाई पाँच हजार पाँच सय ३० मतको फराकिलो अन्तरले पराजित गर्दै रिजाल विजयी भएका थिए।
रिजालका बुवा मेघराज उपाध्याय राणाविरुद्धको आन्दोलनमा सक्रिय सहभागी थिए। रिजाल २०५२ मा पार्टीको जिल्ला सभापति बनेका थिए।
कांग्रेस विभाजित हुँदा उनी प्रजातान्त्रिक काङ्ग्रेसको केन्द्रीय सदस्य पनि भएका थिए।
प्रतिक्रिया