आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज (आइतबार) उम्मेदवारी दर्ता हुँदै छ।
निर्वाचन आयोगका अनुसार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवार मनोनयन दर्ता हुनेछ।
उम्मेदवारले मनोनयनपत्र दर्ताका लागि नागरिकता प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावलीको उतार, धरौटी जम्मा गरेको नगदी रसिद वा बैंक भौचर पेस गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रियसभाका ५९ सदस्यमध्ये १९ जनाको पदावधि आगामी फागुन २० गते सकिँदै छ। तीमध्ये १८ सदस्य चयनका लागि माघ ९ गते निर्वाचन गर्न लागिएको हो।
बाँकी एक सदस्य भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन गरिनेछ।
याे पनि :
-राष्ट्रियसभामा नेकपाका उम्मेदवारः नेताका आफन्तदेखि चुनाव हारेकासम्म
-राष्ट्रियसभामा जाँदा मेरो निर्वाचन क्षेत्र जाने बाटो झन् सहज बन्नेछ : नारायणकाजी (अन्तर्वार्ता)

प्रतिक्रिया