ad ad

राजनीति


एकीकृत समाजवादीले उपप्रधानसहित तीन मन्त्रीको दाबी नछाड्ने

एकीकृत समाजवादीले उपप्रधानसहित तीन मन्त्रीको दाबी नछाड्ने

मंगलबार बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक


नेपालखबर
चैत १४, २०७९ मंगलबार १४:५६, काठमाडौँ

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा उपप्रधानमन्त्रीसहित तीनवटा मन्त्रालय दाबी गरेको छ।

मंगलरबार आलोकनगरमा बसेको केन्द्रीय सचिवालय बैठकले उपप्रधामन्त्रीसहित कम्तीमा तीन मन्त्रालय लिएर सरकारमा सहभागी हुने निष्कर्ष निकालेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताएका छन्।

सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपमहासचिवसमेत रहेका खतिवडाले सरकारमा सहभागी हुन तीन मन्त्रालयको अडान कायमै राखेको बताए। सरकारमा सहभागी हुने विषयमा पार्टीको कार्यदलले छलफल गरिरहेको उनले बताए।

‘प्रधानमन्त्रीले जति चाँडो नाम माग्नुहुन्छ, हामी तत्काल बैठक बसेर मन्त्रीको नाम दिन्छौँ। सिट बाँडफाँट ढिला भएकाले हामीले मन्त्रीको नाम दिन पाएका छैनौँ। मन्त्रालयको टुंगो गरेपश्चात् हामी तत्काल मन्त्रीको नाम टुंग्याउँछौँ', उनले भने, 'कार्यदलले आफ्नो रिपोर्ट पेश गर्ने काम जारी छ। हामीले तीन मन्त्रालयको दाबी गरेका छौँ।’ 

मंगलबार बालुवाटारमा अध्यक्ष मावधकुमार नेपालले प्रधानमन्त्रीसँग गरेको भेटमा पनि तीन मन्त्रालयको अडान राखेको खतिवडाले बताए। 

बैठकमा अहिलेसम्म प्रधानमन्त्री प्रचण्डसँग भएका कुराकानीबारे अध्यक्ष नेपालले ब्रिफिङ गरेका थिए। 

 बैठकले मिटर ब्याज विरुद्ध आन्दोलनमा ऐक्यबद्धतासमेत जनाउने निर्णय गरेको छ। मिटरब्याज पीडितको माग सम्बोधन गर्न सरकारसँग अनुरोध गर्ने र दोषीमाथि कारबाही गर्न पनि एकीकृत समाजवादीको माग छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .