विभिन्न नाकाहरुबाट अवैध रुपमा गाडीका नक्कली पार्टपुर्जाहरु भित्र्याई कारोबार गरेको पाइएको छ।
सो क्रममा यस्तो कारोबारमा संलग्न छ जनालाई सचेत गराइएको हो।
टाटाका अवैध पार्टसहरुको कारोवार गर्ने जडिबुटीस्थित न्यू थ्याङ्क्यु स्टोरका सञ्चालक कुमार श्रेष्ठ, खुलालटार साखुस्थित माँ सलम्बुदेवी अटो स्पेयरका सञ्चालक बिनोद कार्की र पोखरास्थित स्टार अटो पार्टस्का सञ्चालक सतिस शाक्यलाई सचेत गराइएको छ।
त्यस्तै पूर्वी तराईका जिल्लाहरुमा इनरुवा ४, सुनसरीस्थित पुजा ट्रेडर्सका सञ्चालक देवनारायण साह, विराटनगर ८, मोरङस्थित नमस्ते ट्रेडर्सका सञ्चालक जीवन पोखरेल र विराटनगर ११, मोरङस्थित मनोकामन इन्टरनेशनलका सञ्चालक ध्रुव सिङ चौहानलगायतका व्यक्तिहरुलाई सम्बन्धित निकायमा उपस्थित गरार्ई अबका दिनमा यस्ता कार्यमा संलग्न नहुन सचेत गराई पठाइएको छ।
यस्ता पार्टपुर्जाको प्रयोगले गाडिहरु अप्रत्याशित दुर्घटना भई ठूलो मात्रामा जनधनको क्षति हुने सम्भावना हुन सक्छ भने राज्यलाई पनि राजस्वको ठूलो हिस्सा गुमिरहेको छ।
यसबाट वैधानिक रुपमा कारोवार गर्ने व्यवसायीहरु पनि प्रत्यक्ष प्रभाव पारेको छ।
प्रतिक्रिया