ad ad

राजनीति


कांग्रेस बैठकमा पूर्णबहादुर खड्काको ब्रिफिङ : हाम्रो दाबी ८ वटै मन्त्रालयमा छ

कांग्रेस बैठकमा पूर्णबहादुर खड्काको ब्रिफिङ : हाम्रो दाबी ८ वटै मन्त्रालयमा छ

नेपालखबर
चैत ११, २०७९ शनिबार १९:३२, काठमाडौँ

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नयाँ मन्त्रिपरिषद्मा कांग्रेसको तर्फबाट ८ वटा मन्त्रालय दाबी रहेको पार्टी बैठकमा ब्रिफिङ गरेका छन्। 

शनिबार दिउँसो सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टी पदाधिकारी बैठकमा पुस १० पछिको राजनीतिक घटनाक्रमको ब्रिफिङ गर्दै उनले ८ मन्त्रालयमा कांग्रेसको दाबी रहेको बताएका हुन्। 

खड्काले गठबन्धनभित्रका दलहरूले ७ वटामात्र मन्त्रालय दिने बताएपनि आफूहरुको दाबी ८ वटै मन्त्रालयमा रहने बताएका हुन्। 

‘गठबन्धनभित्रबाट ७ वटा मन्त्रालय मात्र दिन सकिनेगरी कुरा आएको छ,’ बैठकमा खड्काले भनेको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘तर, हामीले ८ वटा नै मन्त्रालय चाहिन्छ भनेर दाबी गरेका छौं।’

त्यस्तै, पार्टीका प्रमुख सचेतक रमेश लेखकले संसदीय गतिविधिको विषयमा बैठकमा ब्रिफिङ गरेका थिए। संसदमा पेस भएको सत्य निरुपण तथा मेलमिलाप विधेयक अगाडी बढाएर टुंगोमा पुग्नेबारे पनि छलफल भएको थियो। 

पार्टीका सहमहामन्त्री जीवन परियारका अनुसार आजको बैठकमा अहिलेसम्मका प्रगतिबारे छलफल भएको थियो। 

उपचुनावका लागि उम्मेदवार टुंगायनका लागि सोमबार कार्यसम्पादन समिति र संसदीय बोर्डको बैठक बोलाउने कांग्रेसको तयारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .