ad ad

ग्लोबल


अमेरिकाको मिसिसिपीमा आँधीका कारण कम्तीमा २३ जनाको मृत्यु

अमेरिकाको मिसिसिपीमा आँधीका कारण कम्तीमा २३ जनाको मृत्यु

नेपालखबर
चैत ११, २०७९ शनिबार १९:३५, वासिङ्टन

अमेरिकाको मिसिसिपी राज्यमा स्थानीय समयअनुसार शुक्रबार राति आएको आँधीबेहरी र भीषण हावाहुरीका कारण कम्तीमा २३ जनाको मृत्यु भएको अधिकारीहरूलाई उद्धृत गरी एबीसी न्युजले उल्लेख गरेको छ। 

मिसिसिपी इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (एमईएमए) का अनुसार राज्यको राजधानी ज्याक्सनबाट करिब ११० किलोमिटर उत्तरमा रहेको शार्की र हम्फ्रेज काउन्टीमा खोजी तथा उद्धार जारी छ। 

‘मिसिसिपी डेल्टाका धेरैलाई आज राति तपाईंको प्रार्थना र ईश्वरको सुरक्षाको खाँचो छ,” स्थितिको भयानक तस्बिर चित्रण गर्दै गभर्नर टेट रिभ्सले ट्विटरमा लेखेका छन्। 

उनले भने, ‘हामीले प्रभावितका लागि थप एम्बुलेन्स र अन्य आपतकालीन सम्पत्ति उपलब्ध गराउने गरी मेडिकल सहयोग जारी गरेका छौं। खोजी र उद्धार कार्य जारी छ।’

मौसमको रिपोर्ट हेर्न र सतर्क रहन स्थानीय बासिन्दालाई सचेत रहन भनिएको छ। 

एबीसीका अनुसार शार्की काउन्टीमा १३, क्यारोल काउन्टीमा तीन र मुनरो काउन्टीमा दुई जनाको मृत्यु भएको छ। हम्फ्रेज काउन्टीको सिल्भर सिटीमा एक व्यक्तिको मृत्यु भएको राज्य राजमार्ग गस्ती टोलीले एबीसीलाई बताएको छ। मृतक र बेपत्ताहरूको सङ्ख्या निके हुनसक्ने अधिकारीहरूले बताएका छन्। 

टीभीमा प्रसारित भिडियोमा आपत्‌कालीन सेवाहरूले सहयोगको खाँचो परेकाहरूलाई पुर्‍याउने प्रयास गरिरहँदा घरहरु समतल भएको र सडकहरुमा भग्नावशेष छरिएको देखिएको छ। 

शुक्रबार राज्यभरका विभिन्न काउन्टीमा चक्रवात्‌को चेतावनी जारी गरिएको थियो। तर स्थानीय समयअनुसार शनिबार बिहान २:४८ बजे ज्याक्सनका लागि ‘चक्रवातको अवधि समाप्त भएको’ राष्ट्रिय मौसम सेवाले बताएको छ। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .