ad ad

राजनीति


प्रधानमन्त्रीको कार्यक्रममा प्रहरीले युवाहरुको मुख थुनेको विषय संसदमा पुग्यो

प्रधानमन्त्रीको कार्यक्रममा प्रहरीले युवाहरुको मुख थुनेको विषय संसदमा पुग्यो

फाइल तस्बिर


नेपालखबर
चैत ८, २०७९ बुधबार १३:५७, काठमाडौँ

राष्ट्रिय सभा सांसद डा. विमला राई पौड्यालले मंगलवार केही युवाहरुमाथि प्रहरीले बोल्न नदिएर मुख थुनेको विषयमा सरकारसँग जवाफ मागेकी छन्। 

मंगलवार प्रधानमन्त्री दाहाल ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले बानेश्वरमा प्रधानमन्त्रीबिरुद्ध नाराबाजी गरेका थिए। 

जसमा प्रहरीले युवाहरुको मुख थुनेर बोल्न दिएको थिएन भने उनीहरुलाई पक्राउ गरेको थियो। त्यही विषयमा आज
सांसद पौड्यालले यसबारे सरकारको जवाफ माग गरेकी हुन्। 

उनले युवाहरु बोल्न खोजेका बेला प्रहरीहरुले उनीहरुको जबरजस्ती मुख थुनेको र घाँटी ङ्याँकिरहेको देखिएको भन्दै नागरिकले बोल्न पाउने अधिकारमाथि ज्यादती गर्नुको कारण खोजेकी हुन्। 

पौड्यालले संविधानले स्वतन्त्रतापूर्वक विचार राख्न पाउने बोल्न पाउने अधिकार सबै नागरिकलाई दिएको भन्दै 
मुख थुन्ने प्रहरीलाई गृह मन्त्रालयले कारबाही गरेको छ की छैन? भन्दै प्रश्न गरिन्। 

‘हिजोदेखि सञ्चार जगत र सामाजिक सञ्जालमा केही युवाहरु बोल्न खोज्दा प्रहरीहरुले जबरजस्ती मुख थुनेको र घाँटी ङ्याँकिरहेको देखिएको छ। लछारपछार पारिरहेको तस्बिर देखिरहेका छौँ', उनले भने, 'युवाहरुले के बोल्न खोजेका थिए र प्रहरीले त्यस्तो ज्यादती गरेको हो? संविधानले स्वतन्त्रतापूर्वक विचार राख्न पाउने बोल्न पाउने अधिकार सबै नागरिकलाई दिएको छ। प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ की मिल्दैन? यसो गर्ने प्रहरीलाई गृह मन्त्रालयले कारबाही गरेको छ की छैन? यो विषयमा गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु र जवाफ माग गर्दछु।’

मंगलबार एक सार्वजनिक कार्यक्रममा युवाहरुले प्रधानमन्त्रीसँग आफ्ना कुरा राख्न पाउनुपर्ने माग गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .