खेल


ओडीआई वरीयताको १५औँ स्थानमा उक्लियो नेपाल

ओडीआई वरीयताको १५औँ स्थानमा उक्लियो नेपाल

नेपालखबर
चैत ८, २०७९ बुधबार १४:२, काठमाडौँ

आईसीसी विश्वकप लिग २ मा उत्कृष्ट प्रदर्शन गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली ओडीआई वरीयताको १५औँ स्थानमा उक्लिएको छ। 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपालले एक स्थान सुधार गरेको हो। नेपालले ४० एक दिवसीय खेलमा १२३८ पोइन्ट र ३१ रेटिङ पाएको छ। 

आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले वरीयतामा सुधार गरेको हो। घरेलु मैदानमा भएको खेलमा नेपालले यूएईलाई डीएल मेथडमा ९ रनले हराउँदै ग्लोबल छनोटमा स्थान बनाएको छ। नेपालले अब जिम्बाबेमा विश्वकव छनोटका खेल खेल्नेछ। 

नेपाल १५औँ, ओमान १६औँ र नामिबिया १७औँ स्थानमा छन्। अमेरिका १८, यूएई १९ र पीएनजी २०औँ स्थानमा छन्। 

नेपालभन्दा माथि नेदरल्यान्ड १४ र जिम्बाबे १३औँ स्थानमा छन्। 

वरीयताको शीर्ष स्थानमा भारत छ। ४६ ओडीआई खेलमा भारतले ११४ रेटिङ पाएको छ। अस्ट्रेलियाले ३४ ओडीआई खेलमा ११२ रेटिङ पाएको छ। न्यु जिल्यान्ड तेस्रो र इङल्यान्ड चौथो स्थानमा छन्। 

टी–ट्वान्टी वरीयतामा भने नेपाल १६औँ स्थानमा छ। नेपालअघि स्कटल्यान्ड १५, नामिबिया १४ र युएई १३औँ स्थानमा छन्। नेपालपछि नेदरल्यान्ड १७, ओमान १८ र पीएनजी १९औँ स्थानमा छन्। 

टी–ट्वान्टी वरीयताको शीर्ष स्थानमा भारत, दोस्रो स्थानमा इङल्यान्ड र तेस्रो स्थानमा पाकिस्तान छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .