राजनीति


स्ववियु निर्वाचन : मोरङका ४ वटा क्याम्पसको सभापतिमा अनेरास्ववियु विजयी

स्ववियु निर्वाचन : मोरङका ४ वटा क्याम्पसको सभापतिमा अनेरास्ववियु विजयी

नेपालखबर
चैत ६, २०७९ सोमबार ८:३७, विराटनगर

मोरङका ४ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको मतगणना सम्पन्न भएको छ।

हालसम्म गणना सकिएका क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुले सभापति जितेको छ। अनेरास्ववियुले लेटाङ र रमाइलो क्याम्पसमा प्यानल नै जितेको छ। नर्सिङ क्याम्पसमा सचिवबाहेक प्यानल नै जितेको छ। 

यस्तै, डिग्री क्याम्पसमा अनेरास्ववियुका निर्मल गजुरेल सभापतिमा विजयी भएका छन्। उनी १२३ मतका साथ विजयी भएका हुन्।

उनका प्रतिद्वन्द्वी संयुक्त वाम लोकतान्त्रिक गठबन्धनका शशी यादवले ११८ मत ल्याए।

सचिवमा गठबन्धनका विराज बराल विजयी भएका छन्।

लेटाङमा छवि श्रेष्ठको नेतृत्वमा र रमाइलोमा मालती रेग्मीको नेतृत्वमा प्यानल नै विजयी भएको छ। 

नर्सिङमा अनेरास्ववियुकी प्रशंसा पौडेल विजयी भएकी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .