हालसम्म कर्णालीका आठवटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको छ।
अनेरास्ववियुको तर्फबाट सुर्खेतको सिम्ता बहुमुखी क्याम्पसमा घनश्याम रेग्मी, अमरदीप क्याम्पसमा अनुप ढकाल र भेरी क्याम्पस गुमीमा शक्ति पौडेल विजयी हुँदा हिमशिखर बहुमुखी क्याम्पसमा सिर्जना रसाइली निर्विरोध निर्वाचित भएकी छन्।
यस्तै, नेविसंघका तर्फबाट दैलेखको चामुण्डा क्याम्पसमा सुनिल शाही, मुगुको रारा बहुमुखी क्याम्पसमा राज तामाङ्ग र कालिकोटको नन्दादेवी बहुमुखी क्याम्पसमा जुनिता विष्ट, डोल्पको डोल्पो क्याम्पस खिमबहादुर रोयका र सुर्खेतको गुर्भाकोट बहुमुखी क्याम्पसमा गोपाल खड्का स्ववियु सभापतिमा विजयी भएकी छन्।।।
अन्य क्याम्पसहरुको नतिजा आउने क्रम जारी छ।
96
Shares
प्रतिक्रिया