ad ad

राजनीति


नवनिर्वाचित उपराष्ट्रपति यादवले आज शपथ लिँदै

नवनिर्वाचित उपराष्ट्रपति यादवले आज शपथ लिँदै

नेपालखबर
चैत ६, २०७९ सोमबार ६:४०, काठमाडौँ

नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज (६ चैत) पद तथा गोपनीयताको शपथ लिँदै छन्।

सोमबार बिहान १० बजे राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शीतल निवासमा उपराष्ट्रपति यादवले शपथग्रहण गर्ने कार्यक्रम तय भएको छ।

३० हजार ३२८ मतभारसहित चैत ३ मा उपराष्ट्रपति पदमा निर्वाचित भएका यादवले आइतबार पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन्।

निर्वाचन आयोगले राष्ट्रपति पौडेलसमक्ष उपराष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन बुझाइसकेका छन्।

साथै उनले सांसद पदबाट पनि राजीनामा दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .