ad ad

राजनीति


ओलीको आरोप : माओवादीले मानवअधिकार आयोगलाई धम्की दिँदैछ

ओलीको आरोप : माओवादीले मानवअधिकार आयोगलाई धम्की दिँदैछ

नेपालखबर
फागुन ३०, २०७९ मंगलबार १४:३०, काठमाडौँ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय मानव अधिकार आयोगलाई धम्की दिने काम गरिरहेको आरोप लगाएका छन्। 

माओवादी केन्द्रको नामै नलिई अध्यक्ष ओलीले मानव अधिकार आयोगलाई नै घेराबन्दी गर्ने, तर्साउने, धम्क्याउने काम गरिरहेको बताए। 

मंगलबारबाट काठमाडौंमा सुरु भएको मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताहरुको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले मानव अधिकारको रक्षाका लागि लड्न पार्टीनिकट मानव अधिकार एलाइन्सलाई निर्देशन समेत दिए।

अध्यक्ष ओलीले मानव अधिकारको पक्षमा उभिने र रक्षा गर्न सक्ने काममा इमान्दार र समर्पित भएर लाग्न पनि  एलाइन्सलाई सचेत गराए। 

‘मानव अधिकार आयोगलाई घेराबन्दी गर्छन्। तर्साउँछन, धम्क्याउँछन्। हाम्रा खुकुरीमा खिया लागेको छैन भन्छन्। हाम्रा बन्दुकमा खिया लागेको छैन भन्छन्। हाम्रो बन्दुकको कार्तुस अझै पनि ओसिएको छैन भन्छन्। हाम्रा पाखुरा लाठी चलाउन नसक्ने भएका छैनन् भन्न सक्छन्। खुट्टा याद राख्नुस भन्न सक्छन्। यो हुँदैन भन्न सकिँदैन', उनले भने, 'त्यसकारण हाम्रो एलाइन्स आफैंमा मानवअधिकारप्रति समर्पित, इमान्दार हुनु पर्छ। मानवअधिकारको पक्षमा उभिन सक्ने, बोल्न सक्ने, त्यसको रक्षाका लाागि लड्न सक्ने हुनु पर्दछ। एक्लै भयो भने फाँसी दिन सक्छन।’

अध्यक्ष ओलीले नेपालीहरु कहिल्यै पनि मृत्यदण्डको पक्षमा जान नहुने बताए। 

मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ नभएकाले आफू मृत्यदण्डको पक्षमा नरहेको अध्यक्ष ओलीको तर्क थियो। 
उनले बुद्ध जन्मेको देशका बासिन्दाहरु कुनै पनि आवेश वा उत्तेजनामा पनि मृत्यदण्डको पक्षमा जान नहुने समेत बताए। 

अध्यक्ष ओलीले संयुक्त राष्ट्र संघले मानवबीच हुने कुनै पनि प्रकारको विभेदलाई स्विकार गर्न नसक्ने कुरालाई स्पष्ट पारेको बताए। 

अध्यक्ष ओलीले नेपालमा मानव अधिकार उलंघनकर्ताहरुले नै बढी मानवअधिकारको कुरा गर्ने गरेको भन्दै त्यसबाट सचेत रहनुपर्ने पनि बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .