ad ad

कारोबार


माघमा ३६ खर्बको विद्युतीय कारोबार, मोबाइल बैंकिङले ओगट्यो १ खर्ब ७२ अर्ब

माघमा ३६ खर्बको विद्युतीय कारोबार, मोबाइल बैंकिङले ओगट्यो १ खर्ब ७२ अर्ब

नेपालखबर
फागुन ३०, २०७९ मंगलबार १४:३१, काठमाडौँ

चालू आर्थिक वर्ष २०७९/०८० को माघमा विद्युतीय कारोबारमा गिरावट आएको छ। 

पुसको तुलनामा माघमा विद्युतीय कारोबार ११.३४ प्रतिशतले घटेको हो। 

माघमा ७ करोड ३२ लाख ६८ हजार १९ पटक विद्युतीय कारोबार भएको देखिएको छ। जुन ३६ खर्ब ५३ अर्ब ८७ करोड रुपैयाँको कारोबार हो। 

गत पुसमा ७ करोड ४१ लाख २२ हजार ६५२ पटक ४१ खर्ब ४५ अर्ब ९० करोड रुपैयाँको विद्युतीय कारोबार भएको थियो। 

चालू आवको पहिलो महिना साउनयता निरन्तर घट्दै गइरहेको विद्युतीय भुक्तानी पुसमा सामान्य बढे पनि पुनः माघमा घटेको छ। 

चालू आवको साउनमा विद्युतीय कारोबार संख्या ७ करोड ३ लाख, भदौमा ७ करोड ९ लाख, असोजमा ७ करोड ३ लाख, कात्तिकमा ६ करोड ७१ लाख, मंसिरमा ७ करोड ७ लाख, पुसमा ७ करोड ४१ लाख र पुसमा ७ करोड ३१ लाख पटक कारोबार भएको थियो। कारोबार संख्या उस्तै देखिए पनि कारोबार रकममा भने गिरावट देखिएको छ। 

साउनमा विद्युतीय कारोबारमार्फत ५६ खर्बको कारोबार भएकोमा भदौमा ४९ खर्ब, असोजमा ४६ खर्ब, कात्तिकमा ३९ खर्ब, मंसिरमा ३६ खर्ब, पुसमा ४१ खर्ब र माघमा ३६ खर्बको कारोबार भएको छ। 

माघमा विद्युतीय कारोबार ७ करोड ३२ लाख ६८ हजार १९ पटक ३६ खर्ब ५३ अर्ब ८७ करोड रुपैयाँको कारोबार भएको छ। 

जुन एटीएम, मोबाइल, इन्टरनेट बैंकिङ, आरटीजीएस, इसीसी, आइपीएस, कनेक्ट आइपीएस, इ–कमर्स, पीओएस, क्यूआरकोड, डेविट कार्ड, क्रेडिटकाड, प्रिपेड कार्ड, शाखारहित बैकिङ र वालेटमार्फत भएको कारोबार हो।

तर पुसको महिनाको तुलनामा माघमा आरटीजीएस, एटीएममार्फत झिकिएको कारोबारको संख्या, कनेक्ट आईपीएस, डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपियड कार्ड, वालेट र पीओएस र इ–कमर्स कारोबारको संख्या घटेको छ। 

मोबाइल बैंकिङ कारोबार बढ्यो
यता मोबाइल बैंकिङ र शाखारहित बैंकिङको कारोबार संख्या बढेको छ। 

यता कारोबारमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र ब्रान्चलेस बैंकिङमार्फतको भुक्तानी कारोबार भने बढेको छ। 

माघमा मोबाइल बैंकिङ र शाखारहित बैंकिङको कारोबार संख्या र कारोबार रकम दुवै बढेको छ। माघमा मोबाइल बैंकिङमार्फत २ करोड २२ लाख पटक १ खर्ब ७२ अर्बको कारोबार भएको छ। पुसमा २ करोड १६ हजार पटक गरी १ खर्ब ६७ अर्बको मोबाइल बैंकिङ कारोबार भएको थियो। 

माघमा ८१ हजार ९३९ पटकको शाखारहित बैंकिङ कारोबारमार्फत १ अर्ब ५७ करोडको कारोबार भएको छ। 

पुसमा शाखारहित बैंकिङमार्फत ६४ हजार ९०६ पटक १ अर्ब ३६ करोडको कारोबार भएको थियो। 

इन्टरनेट बैंकिङ र कारोबार दुवै बढ्यो
इन्टरनेट बैंकिङ संख्या र कारोबार दुवै बढेको छ। माघमा इन्टरनेट बैंकिङमार्फत २ लाख ५८ हजार पटक १२ अर्ब ४१ करोडको कारोबार भएको छ। 

साथै माघमा क्यूआरमार्फत हुने कारोबार संख्या र रकम दुवै बढेको छ। माघमा क्यूआरमार्फत ५७ लाख ८२ हजार पटक १७ अर्ब ७६ करोडको कारोबार भएको छ। 

कनेक्ट आईपीएस, पीओएस र क्रेडिट कार्डमार्फत हुने कारोबार र रकम भने घटेको छ। माघमा कनेक्ट आईपीएस मार्फत हुने कारोबार संख्या र रकम दुवै घटेको छ। माघमा ४२ लाख ९९ हजार पटक २ खर्ब २८ अर्बको भुक्तानी भएको छ। 

एटीएममार्फत कारोबार, पीओएस र क्रेडिट कार्डमार्फत हुने कारोबार र रकम दुवै घटेको छ। माघमा एटीएममार्फत ९५ हजार ५१ लाख पटक ७७ अर्ब ४ करोडको भुक्तानी भएको छ। 

त्यसैगरी क्रेडिट कार्डमार्फत २ लाख १३ हजार पटक १ अर्ब ३४ करोडको रकमको कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .