राजनीति


उपराष्ट्रपतिमा चारै जनाको उम्मेदवारी कायम छ : निर्वाचन आयोग

उपराष्ट्रपतिमा चारै जनाको उम्मेदवारी कायम छ : निर्वाचन आयोग

नेपालखबर
फागुन २८, २०७९ आइतबार १७:३८, काठमाडौँ

उपराष्ट्रपतिको चुनावमा मनोनयन गर्ने चारै जनाको उम्मेदवारी कायम रहेको निर्वाचन कार्यालयले जनाएको छ।

चैत ३ गते तय भएको चुनावमा शनिबार चार जनाको उम्मेदवारी दर्ता भएको थियो। 

निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको आइतबार ५ बजे प्रकाशित गरेको अन्तिम उम्मेदवारको सूचीमा जनता समाजवादी पार्टीका २ र जनमत पार्टी र नेकपा एमालेबाट १-१ जनाको उम्मेदवारी कायम रहेको जनाएको हो। 

जसपाबाट रामसहायप्रसाद यादव, प्रमिला कुमारीको उम्मेदवारी कायम छ। यद्यपि जसपाको आधिकारिक उम्मेदवार यादव बनाउने ८ दलबीच समझदारी बनेको छ। 

यस्तै एमालेबाट अष्टलक्ष्मी शाक्य (बोहरा) छन्। सत्ता गठबन्धनमै रहेको जनमत पार्टीले ममता झालाई उपराष्ट्रपति उम्मेदवार बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad