राजनीति


आयोगले राष्ट्रपतिलाई बुझायो राष्ट्रपति निर्वाचनको प्रतिवेदन

आयोगले राष्ट्रपतिलाई बुझायो राष्ट्रपति निर्वाचनको प्रतिवेदन

नेपालखबर
फागुन २६, २०७९ शुक्रबार १९:७, काठमाडौँ

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनसम्बन्धी प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ। 

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले शुक्रबार राष्ट्रपति भवन सितल निवास पुगेर प्रतिवेदन बुझाएका हुन्। 

नेपालको संविधानको धारा ६२ तथा राष्ट्रपति निर्वाचनसम्बन्धी ऐनको दफा ६४ बमोजिम प्रतिवेदन बुझाइएको आयोगले जनाएको छ।

फागुन २५ गते सम्पन्न राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .