ad ad

राजनीति


उपराष्ट्रपति चुनाव : महिलाको अडान छाड्न आयोगलाई गठबन्धनको दबाब, कसैले भेटे, कसैले फोन गरे

उपराष्ट्रपति चुनाव : महिलाको अडान छाड्न आयोगलाई गठबन्धनको दबाब, कसैले भेटे, कसैले फोन गरे

फाइल तस्बिर


नेपालखबर
फागुन २६, २०७९ शुक्रबार १९:१०, काठमाडौँ

उपराष्ट्रपतिमा महिला उम्मेदवार नै चाहिने अडान लिएपछि जनता समाजवादी पार्टी नेपालका नेताहरु निर्वाचन आयोगमा पुगेका छन्। 

जसपा केन्द्रीय कार्यकारिणी सदस्य प्रकाश अधिकारीसहितका नेताहरु शुक्रबार दिउँसो आयोग पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई भेटेका हुन्। 

उनीहरुले संविधानले पनि राष्ट्रपतिमा एउटा समुदायको व्यक्ति निर्वाचित भइसकेपछि उपराष्ट्रपतिमा अर्को समुदायबाट पुरुष नै उठाउन दिएको तर्क गरेका थिए।

जसपा नेताहरु निर्वाचन आयोगमै पुगेका दिन शुक्रबार प्रमुख आयुक्त थपलियालाई नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुलेसमेत फोन गरेका थिए।

सिंहदरबारमा सत्तारुढ गठबन्धन दलले गठन गरेको कार्यदल बैठकस्थलबाटै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले थपलियालाई फोन गरेका थिए।

सत्ता गठबन्धनका नेताहरु कसैले फोन गरेर त कसैले भेटेरै दबाब दिए पनि थपलियाले उम्मेदवारी लिने नलिने निर्णय आफूहरुले गर्ने सुनाएका थिए।

थपलियाले लेखकलाई पनि उपराष्ट्रपतिमा महिला नै हुँदा उचित हुने बताएपछि गठबन्धन बैठक पनि बिनानिष्कर्ष सकिएको छ।

त्यसैगरी थपलियालाई शुक्रबारै नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले पनि फोन गरेर उपराष्ट्रपतिमा आयोगको अडानबारे चासो राखेका थिए।

बस्नेतसँग पनि थपलियाले महिलालाई उपराष्ट्रपतिको उम्मेदवारका रुपमा अघि सार्न आग्रह गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .