राजनीति


सभामुख घिमिरे आज बहराइन जाँदै

सभामुख घिमिरे आज बहराइन जाँदै

नेपालखबर
फागुन २६, २०७९ शुक्रबार ९:२, काठमाडौँ

सभामुख देवराज घिमिरे आज (शुक्रबार) साँझ बहराइन जाँदै छन्। 

बहराइनको मानमामा शनिबारदेखि सुरु हुने अन्तर–व्यवस्थापिका संघ (आईपीयू) को १४६ औँ महासभामा भाग लिन घिमिरे शुक्रबार साँझ ७ बजे बहराइन प्रस्थान गर्न लागेका हुन्।

 

शनिबारदेखि सुरु हुने आईपीयू महासभा आगामी चैत १ गतेसम्म चल्ने छ।

सभामुद घिमिरे नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बहराइन जान लागेका हुन्। घिमिरेले महासभामा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको संघीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए। 

प्रतिनिधिमण्डलमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, राष्ट्रियसभा सदस्य इन्दु कडरिया, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, संसद् सचिवालयका महासचिव डा. भरतराज गौतम र प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलगायत सहभागी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad