सत्तारुढ नौ दलले संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नौ दलको बैठकले ‘शान्ति प्रक्रियाका बाँकी कामलाई विस्तृत शान्ति सम्झौता र संविधानको भावना अनुरूप तार्किक निस्कर्षमा पुर्याउन’ प्रतिवद्धता व्यक्त गरेको हो।
बैठकपछि नौ दलका शीर्ष नेताद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘द्वन्द्वकालिन घटनाबाट पीडित नागरिक एवम् उनका परिवारलाई न्याय दिन आवश्यक विधेयक सम्मानित सर्वोच्च अदातलको फैसला बमोजिम कानून बन्ने गरी संसदको यसै अधिवेशनमा प्रस्तुत गरिने छ।’
यसका साथै, कानून निर्माणका साथै सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन सम्बन्धी आयोग गठन गरिने पनि नौ दलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
दुर्गा प्रसाईंको गतिविधिप्रति नौ दलको ठहर : अवाञ्छित गतिविधि बढ्यो
बैठकले संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एकजुट भई अगाडि बढ्ने दृढता व्यक्त गरेको छ।
यस्तो छ ९ दलको बैठकको निर्णय

Shares

प्रतिक्रिया