राजनीति


दुर्गा प्रसाईंलाई संकेत गर्दै नौ दलले भने– राजतन्त्रका नाममा संविधानविपरित गतिविधि

दुर्गा प्रसाईंलाई संकेत गर्दै नौ दलले भने– राजतन्त्रका नाममा संविधानविपरित गतिविधि

नेपालखबर
फागुन २१, २०७९ आइतबार २०:५५, काठमाडौँ

सत्तारुढ नौ दलले राजसंस्था फर्काउन भइरहेका गतिविधिलाई ‘अवाञ्छित गतिविधि’ भन्दै निन्दा गरेका छन्।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नौ दलको बैठकले संविधान र लोकतन्त्र रक्षाका लागि एकताबद्ध भएर उभिने निष्कर्ष निकालेको छ। 

बैठकपछि सञ्चारकर्मीसँग बोल्दै नेपाली कांग्रेसका नेता रमेश लेखकले संविधानको सुरक्षा र लोकतन्त्रको रक्षाका लागि एकतावद्ध भएर अगाडि बढ्नेबारे छलफल भएको बताए।

‘यो संविधानको सुरक्षा र लोकतन्त्रको रक्षाका लागि हामी एकतावद्ध भएर अगाडि बढ्छौँ भन्ने बारेमै छलफल भयो। त्यही बारेमै केन्द्रित भएको छ’ उनले भने। 

व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंको नेतृत्वमा राजसंस्था पुनर्स्थापनाका लागि हाल विभिन्न गतिविधी सञ्चालन भइरहेको छ।

संविधानले नचिनेका देख्दै नदेखेका पदहरु (राजतन्त्र) का नाममा संविधानविपरित गतिविधिहरु भइरहेको उनले बताए।

‘अहिलेको जुन संविधान बनेको छ। लोकतान्त्रिक गणतन्त्रका स्थापना भएको छ। यसको लागि जनताले ठूलो त्याग, तपस्या र बलिदानीबाट प्राप्त भएको व्यवस्था हो’ उनले भने, ‘यो व्यवस्थाका विरुद्धमा, यो संविधानका विरुद्धमा अवाञ्छित जुन गतिविधि भइरहेका छन्, यसको त सबैले मिलेर सामना पनि गर्नुपर्छ। र, यो संविधानलाई सार्थक रुपले कार्यान्वयन पनि गर्नुपर्यो नि।’

यस्तै, उनले संक्रमणकालिन न्याय निरुपण गर्नेबारेमा पनि बैठकमा छलफल भएको जानकारी दिए। त्यसका लागि सरकारले यसै अधिवेशनमा विधेयक ल्याउने उनले बताए। 

संक्रमणकालीन न्याय निरुपणका लागि अदालतबाट समेत सहयोग हुने अपेक्षा गरिएको लेखकले बताए।

सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गरेपछि बनेको ८ दलीय गठबन्धनको आज बसेको बैठकमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पनि मिसिएर ९ दल बनेको हो।

सत्ता गठबन्धनका आठ दलको बैठक, बाबुराम पनि मिसिए

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad