प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही समययता भइरहेको राजावादीहरुको प्रदर्शनले जनयुद्धका उपलब्धीहरु नगुम्ने बताएका छन्।
आइतवार सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले प्रज्ञा भवनमा गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।
उनले राष्ट्रिय दिवसका रुपमा फागुन १ (जनयुद्ध दिवस )लाई मनाउने कुरा कोसेढुंगा नै भएको पनि तर्क गरे।
'जनयुद्धका सहित, बेपत्ता र घाइतेका लागि सम्मान पनि हो', उनले भने, 'जनयुद्धका सबै सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय भइसकेको छ।'
आफूले जनयुद्धमा योगदान दिनेहरुलाई सम्मान गरिररहँदा भूतप्रेतहरु सडकमा निस्किन थालेको भन्दै राजावादीहरुमाथि कटाक्ष गरे।
'भूतप्रेतहरु बाटामा निस्किँदै केही फरक पर्दैन। उनहरु उफ्रिँदैमा इतिहास लेख्न बलिदान गरेका सपूतहरुको योगदान भुल्न सकिँदैन', उनले भने, 'सरकारको तर्फबाट बेपत्ता र साहदतहरुलाई सम्मान गर्ने प्रक्रिया अघि बढ्दा तिनीहरु अहिले तर्सिएका छन्।'
उनले अहिले माओवादीविरुद्ध बदनाम गर्ने र षडयन्त्र गर्ने क्रम भएको पनि दाबी गरे।
'अहिले माओवादीहरुविरुद्ध भ्रम छर्ने, घेरा हाल्ने र सखाप पार्ने प्रतिक्रियावादीको रणनीति छ', उनले भने, 'विभिन्न समयमा विभिन्न कसरत भइरहेका छन्। माओवादीहरु एक ठाउँमा उभिएर जनतालाई गोलबन्द गर्ने संकल्प गरेमा केही फरक पर्दैन।'
लाखौँ जनतालाई सडकमा उतार्ने हो भने प्रतिक्रियवादी तत्त्वहरू धेरै कमजोर छन् : प्रधानमन्त्री pic.twitter.com/U5ZID3Wytk
— Nepalkhabar (@nepalkhabar) March 5, 2023
Shares
प्रतिक्रिया