राजनीति


अहिले नै सरकार छाड्दैनौँ, राष्ट्रपतिमा रामचन्द्रलाई सघाउँछौँ : सीके राउत

अहिले नै सरकार छाड्दैनौँ, राष्ट्रपतिमा रामचन्द्रलाई सघाउँछौँ : सीके राउत

फाइल तस्बिर


नेपालखबर
फागुन १६, २०७९ मंगलबार १५:४, काठमाडौँ

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले आफूहरु सरकारबाट नबाहिरिने बताएका छन्। 

मंगलवार काठमाडौंमा आयोजित विद्यार्थी संघको केन्द्रीय बैठक तथा प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष राउतले जनमत पार्टी सरकारबाट नबाहिरिने बताएका हुन्। 

अन्य पार्टीहरु आफ्नो माग पूरा नभएकाले बाहिरिएको भन्दै उनले जनमत पार्टीका लागि सरकार छोड्नुपर्ने कुनै परिस्थिति नआएको बताए। 

उनले माओवादी केन्द्रकै नेतृत्व रहेकोले सरकार बदलिएको भन्न नमिल्ने बताए। सरकारमा सामेल भएका दलहरु फेरिने भए पनि सरकार नफेरिने उनको भनाइ छ। जनमत पार्टी सरकारमा यथावत रहेको उनले बताए।

‘अहिले त्यस्तो कुनै महत्वपूर्ण परिस्थिति भएको छैन। जसले सरकार बाहिर आउनु परोस् भन्ने परिस्थिति बनेको छैन। सरकारबाट बाहिरिने कुनै परिस्थिति नै बनेको छैन जनमत पार्टीको। अरु पार्टीहरु त माग पूरा भएन, कसैलाई राष्ट्रपति भएन, कसैलाई मन्त्रालय भएन भनेर बारिरिएको हो', उनले भने, 'जनमत पार्टीको लागि कुनै त्यस्तो कुनै नयाँ परिस्थिति सिर्जना भएको छैन। त्यही भएर जनमत पार्टी सरकारमा यथावत छ। यो भन्दा पहिला पनि माओवादीकै नेतृत्वमा सरकार थियो। अहिले पनि माओवादीकै नेतृत्वमा सरकार छ। सरकार कहाँ बदलिएको छ त? दलहरु फेरिए तर सरकार फेरिएको छैन। हामी त्यही भएर सरकारमा यथावत छौँ।’

अध्यक्ष राउतले राष्ट्रपतिमा आफूहरुले स्वच्छ छवि भएको र दल विशेषको भूमिका नखेल्ने व्यक्ति खोजेको उल्लेख गर्दै त्यही बमोजिमको पात्रको रुपमा रामचन्द्र पौडेललाई समर्थन गरेको बताए। 

जनमत पार्टी राष्ट्रपति र सभामुख एउटै पार्टीलाई दिनु नहुने पक्षमा रहेकाले पनि पौडेललाई समर्थन गरेको उनले बताए। 

राष्ट्रपति र सभामुख एउटै दलको भएमा निरंकुशता जन्मिने सक्ने उनको तर्क छ। आगामी राष्ट्रपतिले संसदबाट पारित भएका विधेयकहरुलाई उदारतापूर्वक प्रमाणिकरण गर्नुपर्ने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad