तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी नदीमा चार दिनदेखि बेपत्ता भएका मदन घिमिरेको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ।
सोही जिल्लाको आँबुखैरेनी गाउँपालिका–३ बस्ने ३६ वर्षीय घिमिरे यही फागुन १२ गतेदेखि सम्पर्कविहीन रहेका थिए। उनले प्रयोग गरेको स्कुटर मर्स्याङ्दी नदीको किनारामा रोकी राखेको अवस्थामा फेला परेपछि उनी हराएको आशंका गरिएको थियो।
सो बारे जानकारी प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोलीले खोजी कार्य गर्दा उनको शव झोलुङ्गे पुल मुनि पानिभित्र फेला पारी बाहिर निकालेको हो। उनको शव पोष्टमार्टमको लागि स्थानीय प्रहरीलाई बुझाइएको छ।
69
Shares

प्रतिक्रिया