ad ad

राजनीति


आठ दलको बैठकमा प्रचण्डले भने : आजदेखि नयाँ यात्रा सुरु भयो

आठ दलको बैठकमा प्रचण्डले भने : आजदेखि नयाँ यात्रा सुरु भयो

फाइल फोटाे


नेपालखबर
फागुन १२, २०७९ शुक्रबार १९:४१, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजैदेखि नयाँ राजनीतिक यात्रा सुरु भएको बताएका छन्। 

बालुवाटारमा बसेको नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)सहित आठ दलको बैठकमा उनले उक्त कुरा बताएका हुन्। 

नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष प्रकाश ज्वालाले आठ दलको सहमतिपछि प्रधानमन्त्रीले नयाँ राजनीतिक यात्रा सुरु भएको बताएको उल्लेख गरे। 

‘संसदको ठूलो दल कांग्रेसलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णयका क्रममा प्रधानमन्त्रीले आजैदेखि नयाँ राजनीतिक यात्रा सुरु भएको घोषणा गर्नुभयो’ ज्वालाले बैठकपछि भने, ‘अब जनजीविकाका मुद्दामा पनि हामी एक भएर अघि बढ्नेछौँ।’

प्रधानमन्त्रीको यो घोषणासँगै गत पुस १० गते एमालेसहित बनेको सातदलीय गठबन्धन दुई महिनामै टुटेको छ। 

राष्ट्रपतिका विषयमा साझा सहमति जुटाउन शुक्रबार ८ दल एकै ठाउँ भेला भएका हुन्।

छलफलमा माओवादी, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष सहितका नेताहरु सहभागी थिए।

बैठकमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपा भने सहभागी भएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .