राजनीति


प्रधानमन्त्रीसँग निर्णायक वार्ता गर्न बालुवाटार पुगे ओली

प्रधानमन्त्रीसँग निर्णायक वार्ता गर्न बालुवाटार पुगे ओली

तस्बिर: राजन काफ्ले/ओलीको सचिवालय


नेपालखबर
फागुन १२, २०७९ शुक्रबार १४:३२, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच निर्णायक वार्ता सुरु भएको छ।

प्रधानमन्त्रीलाई भेट्न अध्यक्ष ओली केहीबेरअघि बालुवाटार पुगेका हुन्। शुक्रबार तीन घन्टा पुराना गठबन्धनका चार दलबीच छलफल भएको थियो।

चार दलबीच राष्ट्रपति र उपराष्ट्रपतिमा सैद्धान्तिक सहमति जुटेको नेताहरुले संकेत गरेका छन्।

उनीहरू फेरि फाइनल गर्नका लागि बैठकमा बस्ने समझदारी गरेर उठे लगत्तै प्रधानमन्त्रीसँग वार्ता गर्न ओली बालुवाटार पुगेका हुन्।

बुधबार र बिहीबार भएका दलहरुबीचको छलफलमा पुरानो गठबन्धन व्युँताउनेगरी छलफल भएपछि एमाले अध्यक्ष ओलीले बिहीबार जनयुद्ध दिवसमा दिइएको विदाप्रति कटाक्ष गर्दै माओवादीमा हिंसाको धङधङी रहेको टिप्पणी गरेका थिए।

ओलीले गरेको टिप्पणीले गठबन्धन धरापमा परेको संकेत गरिसकेको थियो।

यद्यपि अहिले हुने निर्णायक वार्ताले कस्तो मोड लिन्छ यसै भन्न कठिन छ।
ओलीले सभामुख र राष्ट्रपति आफ्नो दलबाट बनाउने गरी १० पुसमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन ६ दलको समर्थन जुटाएका थिए।

तर, राष्ट्रपति निर्वाचनको मनोनयन शनिबार हुँदैगर्दा सत्ता साझेदार दलहरु छिन्नभिन्न हुने खतरा बढेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .