ad ad

राजनीति


करौडौंका सवारी थन्किँदा सहर सफा बनाउने चुनौती थपियो : प्रकाशमान सिंह

करौडौंका सवारी थन्किँदा सहर सफा बनाउने चुनौती थपियो : प्रकाशमान सिंह

फाइल तस्बिर।


नेपालखबर
फागुन १२, २०७९ शुक्रबार १४:१५, काठमाडौँ

प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले सरकारी तथा प्रहरी कार्यालय परिसरमा सवारी साधनहरु थन्किँदा सफा सहर बनाउने अभियानमा चुनौती थपिएको बताएका छन्।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकको शून्य समयमा बोल्दै उनले सरकारी तथा प्रहरी कार्यालय परिसरमा सवारी साधनहरु थन्किँदा सफा सहर बनाउने अभियानमा चुनौती थपिएको बताएका हुन्। 

‘काठमाडौंलगायत देशभरका सरकारी तथा प्रहरी कार्यालय परिसरमा सयौं मोटरसाइकल गाडीहरु थन्क्याएर राखिएको छ। वर्षौंसम्म यसरी थन्क्याइँदा ती प्रयोगविहीन भएका छन्,’ उनले भने, ‘यसरी अस्तव्यस्त बनाएर छाड्दा ती करोडौंका सामान कवाडीमा परिणत बनेका त छन् नै, तिनले सफा सहर बनाउने अभियानमा पनि चुनौती थपेका छन्।’ 

सामान्य मर्मत गर्दा पनि चल्ने गाडीहरु मर्मत नगरी थन्काउने र नयाँ गाडी चढ्ने लोभमा अर्बौं रुपैयाँ नयाँ सवारीसाधन खरिदमा खर्च गर्ने काम भइरहेको पनि सिंहको भनाइ छ। 

‘यसको समस्या समाधान गरिनुपर्छ। पुराना थोत्रा गाडीहरुको व्यवस्थापनमा कानुनी अप्ठ्यारा छन् भने त्यसमा के सुधार गर्नुपर्छ, गर्नुपर्यो,’ उनले भने, ‘तर, करोडौं मूल्यका गाडी मोटरसाइकल उपयोगविहीन बनाएर वातावरण समेत अस्तव्यस्त नबनाऔं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .