राजनीति


साना दल फकाउने प्रयासमा पुरानो गठबन्धनका नेता, साँझ ६ बजे वार्ता गर्ने

साना दल फकाउने प्रयासमा पुरानो गठबन्धनका नेता, साँझ ६ बजे वार्ता गर्ने

फाइल तस्बिर


नेपालखबर
फागुन १२, २०७९ शुक्रबार १३:१५, काठमाडौँ

पुरानो गठबन्धन ब्युँताउन प्रयासरत नेपाली कांग्रेससहितका चार दलले प्रतिनिधिसभाका साना दलहरुसँग पनि छलफल गर्ने भएका छन्। 

राष्ट्रपति निर्वाचनका लागि सहमति जुटाउन छलफलमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीले साना दलहरुसँग छलफल गर्ने भएका हुन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा सहभागी कांग्रेसका एक नेताले शुक्रबार बेलुकी ६ बजे लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अअध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठसँग छलफल गरिने जानकारी दिए। 

त्यसअघि पुरानो गठबन्धनमा रहेका चार दलको बेलुकी ५ बजे बालुवाटार कै फेरि छलफल हुने भएको छ। 

बैठकपछि कांग्रेसका महामन्त्री गगन थापाले बालुवाटार बैठकमा सकारात्मक छलफल भएको र बेलुकी ५ बजे फेरि आफूहरु बैठक बस्ने जानकारी दिए। 

‘अहिले बिहान पनि हामी चारवटा दल एक ठाउँमा बसेर छलफल गर्यौँ। विभिन्न विकल्पमा छलफल भएको छ,’ उनले भने, ‘सकारात्मक दिशामा छलफल भइरहेको छ। अहिले आ-आफ्नो दलभित्र छलफल गर्ने गरी उठेका छौँ, फेरि ५ बजे बस्ने छौँ।’

बैठकमा सहभागी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले चार दलबीच कुरा मिल्ने गरी छलफल भए पनि निर्णय भइनसकेको बताए। 

‘हामीले राष्ट्रपति र उपराष्टपति कै विषयमा केन्द्रित रहेर छलफल गर्यौँ,’ उनले नेपालखबरसँग भने, ‘राष्ट्रपतिमा समाजवादीको पनि दाबी छ। तर बेलुकी ५ बजेभित्र एउटा टुंगोमा पुग्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad