कारोबार


३० मुख्य सहरमा टीभीएसको माइलेज क्याम्प सञ्चालन हुँदै

३० मुख्य सहरमा टीभीएसको माइलेज क्याम्प सञ्चालन हुँदै

नेपालखबर
फागुन १२, २०७९ शुक्रबार १३:१५, काठमाडौँ

टीभीएस स्कुटर तथा मोटरसाइकलको लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नेपालभरका ३० मुख्य सहरहरुमा टीभीएस एनटर्क स्कुटर माइलेज क्याम्प सञ्चालन गरिरहेको छ।

यस माइलेज क्याम्पमा माइलेज टेस्ट, स्कुटर चेक क्याम्प र माइलेज ¥याली जस्ता विभिन्न कार्यक्रमहरु गरिएको थियो। यस माइलेज क्याम्पमा सहभागी सबै एनटर्क राइडरहरुलाई फ्रि सर्भिसिङ र स्पेयर पार्ट्समा १० प्रतिशत छुटको साथै लेबर चार्जमा शत प्रतिशत छुटको व्यवस्था गरिएको छ।

सहभागीहरुलाई विभिन्न सम्मान पत्र, गिफ्ट ह्याम्पर्स र अन्य पुरस्कारहरु प्रदान गरिने पनि कम्पनीले जनाएको छ। 

जगदम्बा मोटर्सका सीइओ दिपक अग्रवालले माइलेज क्याम्प गर्नुको मुख्य उद्देश्य ग्राहकहरुसँग भेटघाट र अन्तर्क्रिया गर्नु रहेको बताए।

 

‘जसमा नेपालभरका विभिन्न सहरबाट उत्साहजनक सहभागिता रहेको छ। हाम्रा उत्पादनहरुले हाम्रा ग्राहकहरुलाई दिएको सन्तुष्टि र खुसी देखेर हामी अत्यन्तै खुसी छौँ’, उनले भने।   

यस माइलेज क्याम्पमा अहिलेसम्म काठमाडौँ, नारायणघाट, हेटौंडा, पोखरा, नेपालगञ्ज, बिर्तामोड लगायत अन्य सहरबाट १००० भन्दा बढी एनटर्क राइडर सहभागी भइसकेका छन्। 

माइलेज चेक अप क्याम्पमा स्कुटर चेक अप गराएपछि आफ्नो स्कुटरको माइलेज पनि बढेको र यसबाट आफूहरु खुसी भएको सहभागिहरुको प्रतिक्रिया रहेको छ।

माइलेज क्याम्पमा सहभागी हुन आफ्नो नजिकैको टीभीएस शोरुम अथवा सर्भिस सेन्टरमा गएर आफ्नो स्कुटरको माइलेज चेक गराउन सक्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad