ad ad

राजनीति


डीआईजी अशोक सिंहको राजीनामा स्वीकृत

डीआईजी अशोक सिंहको राजीनामा स्वीकृत

फाइल तस्बिर


नेपालखबर
फागुन ११, २०७९ बिहिबार १८:३, काठमाडौँ

डीआईजी अशोक सिंहको राजीनामा स्वीकृत भएको छ। सरकारले बिहीबार राजीनामा स्वीकृत गरेको प्रहरी प्रवक्ता डीआईजी पोषराज पोखरेलले जानकारी दिए। 

गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार अपरान्ह उनको राजीनामा स्वीकृत गरेका हुन्।

‘हामीले हिजो राजीनामा आउनासाथ गृह मन्त्रालयमा पठाएका थियौं, अहिले राजीनामा स्वीकृत भएर फायल फिर्ता आइसकेको छ। अब हामी प्रहरी किताबखानामा सोही अनुसारको पत्र लेख्छौँ’, प्रवक्ता पोखरेलले नेपालखबरसँग भने। 

एआईजी बढुवाको तयारीमा रहेका सिंहले उमेरको विषयमा विवादमा तानिएपछि राजीनामा दिएका थिए। 

किताबखानामा भएको रेकर्डमा भन्दा उनको नागरिकतामा डेढ वर्ष बढी उमेर भएको पुष्टी भएपछि बर्खास्तमा पर्नु अघि नै उनले राजीनामा दिएका हुन्। 

उनले जन्म मिति र शैक्षिक प्रमाण पत्र समेत नक्कली रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। उजुरीमा छानबिन सुरु भएपछि सिंहले राजीनामा दिएका हुन्। 

सिंह पहिलो नम्बरमा एआईजीमा बढुवा भएर आगामी चैत ११ गतेदेखि प्रहरी संगठनकै नेतृत्व गर्ने योजनामा थिए। त्यसका लागि उनले प्रधानमन्त्रीसँग कुरा मिलाइसकेका थिए।

देउवा सरकारले उनलाई आईजीपी बनाउनकै लागि यसअघि डीआईजीमा बढुवा गर्दा वरीयतामा अगाडि ल्याएको थियो। 

२०५१ सालमा प्रहरीमा भर्ना हुँदै उनी मापदण्डभन्दा बढी उमेरको भएको खुलेको छ। 

एसएसपीबाटै घर जानुपर्ने अवस्थाका सिंहलाई कारबाही भएको भए डीआईजीबाट घटुवा गर्ने सम्भावना थियो। तर उनले यी कारबाही हुन सक्ने देखेर पहिल्यै राजीनामा दिएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .