ad ad

राजनीति


कांग्रेस सभापति देउवा प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटारमा

कांग्रेस सभापति देउवा प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटारमा

फाइल फोटाे


नेपालखबर
फागुन १०, २०७९ बुधबार १९:३, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।

धुम्बाराहीमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेतासँगको छलफलपछि उनी बालुवाटार पुगेका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न देउवा बुधबार बेलुका बालुवाटार पुग्नुअघि उपसभापति पूर्णबहादुर खड्का पुगेका थिए।

उनी एकीकृत समाजवादीका अध्यक्ष नेपालसहितको टोलीसँगको छलफलबाट बीचमै उठेर धुम्बाराहीबाट बाहिरिएका थिए। 

अहिले कांग्रेस उपसभापति खड्का सभापति देउवासँगै बालुवाटारमै छन्। 

बुधबार नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेटेपछि प्रधानमन्त्री प्रचण्डले माओवादीका वरिष्ठ उपाध्यक्ष एवम् उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग परामर्श गरेका थिए। श्रेष्ठ अहिले बालुवाटारमै रहेको बालुवाटार स्रोतले जनाएको छ।

माधव नेपालसहितको एकीकृत समाजवादीका नेताहरुको टोली धुम्बाराही पुग्नुअघि जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पनि धुम्बाराही पुगेका थिए।

त्यसअघि बुधबार बिहान लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर नेतासहित देउवा भेट्न गएका थिए।

राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ताको मिति नजिकिँदै जाँदा दलका शीर्ष नेताहरूले दौडधुप बढाएका छन्।

फागुन १३ गते राष्ट्रपतिको उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .