राजनीति


मेरो कविता शक्तिशाली रहेछ, शासक तर्सिएः भीम रावल

मेरो कविता शक्तिशाली रहेछ, शासक तर्सिएः भीम रावल

नेपालखबर
पुस १५, २०७६ मंगलबार ९:३३,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नकेपा)का नेता भीम रावल र प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाबीच सामाजिक सञ्जालमा चलेको आरोप प्रत्यारोप उत्कर्षमा पुगेको छ।

सामाजिक सञ्जालमा एउटै पार्टीका दुई नेताहरुबीचको तल्लो स्तरको बहर र गाली गलौजले कार्यकर्ता नै आश्चर्यमा परेका छन्।

सल्लाहकार थापाले नेता रावलले स्थायी समिति बैठकमा सुनाएको कवितालाई लिएर थापाले कडा आलोचना गर्दै कविता तथ्यको भ्रष्टीकरण, भ्रमको पुलिन्दा र आत्मन्दिा एवं भत्र्सनाको मजाकपूर्ण दृष्टिान्त भएको बताएका थिए। सोमबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राष्ट्रवादको विषयमा एक्लो ‘बृहस्पति’ नबन्न समेत नेता रावललाई सुझाव समेत दिएका थिए।

नेता रावलले मंगलबार त्यसको जवाफ दिँदै राणकालदेखि नै कवितादेखि शासकहरु तर्सेको उदाहरण समेत दिए। उनले थापाको तर्साइले त्यसलाई पुष्टि गरेको समेत दावी गरेका छन्।

‘राणा शासकहरु कवि शिरोमणि लेखनाथको पिँजडाको सुगा भन्ने कविताबाट तर्सेका थिए’, रावलले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘पार्टी विधान, पद्दति, राष्ट्रिय हित स्वाभीमानको पक्षमा मेरो कविता कति शक्तिशाली रहेछ भन्ने कुरा महसुस भएको छ, सूर्यजीले तर्सेर निन्दा गरेको पढ्दा।’ उनले यसअघि पनि निरंकुश शासकहरुले थोपरेको असमना सन्धि सम्झौता, बाह्य हस्तक्षेप, नाकाबन्दी, जस्ता विषयमा सचेत नेपालीहरुले आफ्नैजस्ता कविता लेखेको दावी गरेका छन्।

रावलको कवितालाई लिएर शनिवार प्रधानमन्त्री ओलीले पार्टीभित्र कुण्ठा पोख्ने नयाँ कवि जन्मिएको प्रतिक्रिया दिएका थिए।

नेता रावलले थापाको आरोपले पात पनी नझर्ने भन्दै थापा वामदेव गौतमलाई चुनावमा हराउन भूमिका खेलेको आरोप समेत लगाए। उनले कारबाही गर्नुपर्ने मान्छेलाई प्रधानमन्त्रीले पुरष्कृत गरेको समेत आरोप लगाएका छन्। उनले आफूले होलीवाईन, आईफा अवार्ड, तरकारीमा विषदी परीक्षण लगायत राजपासँगको सम्झौतासम्म आफूले राखेका कुरा तथ्यसँग मेल खाँदैनन् भनेर प्रमाणित गर्न समेत चुनौती दिए।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad