राजनीति


पूर्णबहादुरले बोलाए इतर पक्षको बैठक, राष्ट्रिय भेलाको मिति तोक्न सक्ने

पूर्णबहादुरले बोलाए इतर पक्षको बैठक, राष्ट्रिय भेलाको मिति तोक्न सक्ने

नेपालखबर
असार २२, २०८३ सोमबार ९:४९, काठमाडौँ

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले इतर पक्षको सम्पर्क कार्यालयमा विस्तारित बैठक बोलाएका छन्। नेता खड्काले काठमाडौँको चुनदेवीस्थित सम्पर्क कार्यालयमा सोमबार दिउँसो २ बजे विस्तारित बैठक बोलाएका हुन्। 

सोमबारको बैठकमा कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य र काठमाडौँमा उपलब्ध जिल्ला सभापतिलाई बोलाइएको छ। पूर्व सभापति शेरबहादुर देउवा पक्षका एक नेताका अनुसार, विस्तारित बैठकले राष्ट्रिय भेलाको तिथि मिति तय गर्ने सम्भावना छ।

यसअघि गत शुक्रबार खड्का निवासमा इतर पक्षका नेताहरूको बैठक बसेको थियो। बैठकमा नेताहरू डा‍ शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, महालक्ष्मी उपाध्याय ‘डिना’, रमेश लेखक, डा. प्रकाशशरण महत, एनपी साउद, मीनबहादुर विश्वकर्मा, आनन्दप्रसाद ढुङ्गाना, मोहनबहादुर बस्नेत, वीरबहादुर बलायर र श्याम घिमिरेलगायत सहभागी थिए। बैठकले असार भित्रै राष्ट्रिय भेला बोलाउने सहमति गरेको थियो। 

बैठकमा कांग्रेस सभापति गगन थापालगायत नेताहरूसँग पार्टी एकताका लागि भएका छलफलबारे ‘ब्रिफिङ’ गरिएको थियो। अब अगाडि कसरी बढ्ने भन्ने विषय राष्ट्रिय भेलाबाट टुंगाउने सहमति बनेको छ। त्यसका आधारमा राष्ट्रिय भेलाको मिति तोक्न खड्काले विस्तारित बैठक बोलाएको नेताहरूले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad