समाज


क्यान्सरको शल्यक्रिया गरिरहँदा शरीरमा आगो लागेपछि बिरामीको मृत्यु

क्यान्सरको शल्यक्रिया गरिरहँदा शरीरमा आगो लागेपछि बिरामीको मृत्यु

नेपालखबर
पुस १५, २०७६ मंगलबार ९:२८,

राजधानी बूकरेस्टस्थित फ्लोर्‍यास्का अस्पतालमा शल्यक्रिया गर्नुअघि ६६ वर्षीया महिलाको शरीरमा अल्कोहलयुक्त डिस्इन्फेक्टन्ट प्रयोग गरिएको थियो।

बीबीसीका अनुसार पछि चिकित्सकहरूले विद्युतीय चक्कु प्रयोग गरी शल्यक्रिया गर्दा अल्कोहलले आगो टिपेको थियो।

शल्यक्रिया गर्न अचेत बनाएर राखिएको बेला उनको शरीरभरि आगो फैलिएपछि उनको मृत्यु भएको हो।

उनलाई प्यान्क्रीअस अर्थात् अग्न्याशयको क्यान्सर भएको थियो। उक्त घटना डिसेम्बर २२ मा भएको हो।

शरीर ४० प्रतिशत जलेकी ती महिलाको एक हप्तापछि अस्पतालमा मृत्यु भएको थियो।

प्रहरीले उनको मृत्युबारे छानबिन गर्न थालेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

Image result for cancer patient fire

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad