गएका दुई दिनमा १२ हजार ४ सय बढेको सुनको भाउ आज घटेको छ।
शुक्रबार तोलामा ७ हजार २ सय बढेको सुनको भाउ आज घटेको हो। चाँदी पनि आज सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँ घटेर २ लाख ९० हजार ३ सय रुपैयाँमा झरेको छ। गएको शुक्रबार सुनको भाउ तोलाको २ लाख ९० हजार ७ सय थियो।
त्यसैगरी चाँदीको भाउ पनि आज १० रुपैयाँ घटेर तोलाको ४ हजार ६ सय ५ रुपैयाँमा झरेको छ।
गएको शुक्रबार चाँदीको भाउ तोलाको ४ हजार ६१५ रुपैयाँ थियो।
बिहीबार र शुक्रबार तोलामा १२ हजार ४ सय बढेको सुनको भाउ त्यसअघिका तीन दिनमा ६ हजार ५ सय रुपैयाँ घटेको थियो।
गएको माघ १५ गते पनि सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।
Shares

प्रतिक्रिया