राजनीति


रावललाई बास्कोटाको सुझावः छाउपडी अन्त्य गर्न छाडेर अन्तर्राष्ट्रिय स्तरमा नखोक्नुस्

रावललाई बास्कोटाको सुझावः छाउपडी अन्त्य गर्न छाडेर अन्तर्राष्ट्रिय स्तरमा नखोक्नुस्

नेपालखबर
पुस १५, २०७६ मंगलबार ८:४७,

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेकपाका नेता भीम रावलको चर्को आलोचना गरेका छन्।

धनगढी पुगेका मन्त्री बास्कोटाले रावलप्रति संकेत गर्दै ‘आँगनका समस्या समाधान गर्न छोडेर अन्तर्राष्ट्रिय स्तरमा नखोक्न’ सुझाव दिएका छन्।

‘छाउपडी हटाउन नसक्नेले किन ठूला कुरा गर्ने?’ बास्कोटाको प्रश्न थियो।

‘आफ्नै घर आँगनमा विकराल समस्या छ, त्यसलाई समाधान गर्न चासो दिएको देखिँदैन,’ बास्कोटाले भने, ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा खोकेर केही हुनेवाला छैन।’

‘चर्चित नेताहरु यसै प्रदेशमा छन्, अछाममा पनि छाउपडी छ, अनि ती नेताले किन ठूला कुरा गर्ने?’ बास्कोटाले थपे ‘मैले व्यक्तिगत लाञ्छना लगाएको होइन तर सुदूरपश्चिमका बाजुरा, बझाङ र अछाम जिल्ला चर्चित नेता भएका जिल्ला हुन्। मानवीय सूचकांकको हिसाबले सबभन्दा पछाडि यी जिल्ला नै किन? हामी के गरेर बसिरहेका छौँ र के गर्नुपर्ने हो हेक्का राखौँ।’

पछिल्लो समय एमसीसीलगायतका विषयमा रावलले प्रधानमन्त्री ओली र सत्ताधारी नेताहरुको खरो आलोचना गर्न थालेपछि ओलीनिकट नेताहरुले रावलप्रति कटाक्ष गर्न थालेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad