नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले ‘मनको गहिराईसम्म छुने नेपालको वास्तविक सुन्दरताले सँधै लोभ्याउने’ भन्दै भ्रमण वर्ष २०२० कार्यक्रमको सफलताको कामना गरेकी छन्।
उपत्यकाको ऐतिहासिक स्थलमा विभिन्न पोजमा खिचिएका तस्बिरहरु मंगलबार आफ्नो ट्विटरमार्फत् सार्वजनिक गर्दै उनले ‘नेपाल भ्रमण गर्न लायक’ भनि प्रशंसा गरेकी हुन्।
उनले ऐतिहासिक, विविधता र प्रकृतिले भरिपूर्ण भएका कारण नेपाल घुम्न लायक रहेको बताएकी छन्।
राजदूत हाउले चीनमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने खालका कार्यक्रम आयोजना गर्न पहल गर्दै आएकी छन्। उनले यसअघि पनि काठमाडौंमा यसरी ‘फोटोसुट’ गरेकी थिइन्।
— Ambassador Hou Yanqi (@PRCAmbNepal) December 31, 2019True beauty always touches the deep heart. Beautiful Nepal with history, diversity and nature deserves a visit. Wish #VisitNepal2020 successful! @yogesbhattarai
२०२० नेपाल भ्रमाण वर्ष सफलताको शुभकामना ! pic.twitter.com/uXXnYWu7Iv
चिनियाँ राजदूतद्वारा आफ्नो ट्विटरमार्फत् सार्वजनिक गरेका तस्बिरहरूः




Shares

प्रतिक्रिया