राजनीति


प्रचण्डसँग छलफल गरेर बालुवाटारबाट निस्किए ओली

प्रचण्डसँग छलफल गरेर बालुवाटारबाट निस्किए ओली

तस्बिर : प्रधानमन्त्रीको सचिवालय।


नेपालखबर
फागुन ४, २०७९ बिहिबार १०:५५, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट निस्किएका छन्।

उनीहरुबीच झण्डै ४० मिनेट छलफल भएको छ। 

राष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिबारे छलफल गर्न ओली बालुवाटार पुगेका थिए। राष्ट्रपतिको चुनाव फागुन २५ गते हुँदैछ।

१३ गते मनोनयन दर्ता गर्ने कार्यतालिका रहेकाले नेकपा माओवादी केन्द्रलाई गठबन्धनबाट बाहिर जान नदिन एमाले अध्यक्ष ओली निरन्तर कसरतमा छन्। 

‘प्रधानमन्त्रीलाई भेट्न अध्यक्ष केपी शर्मा ओली बिहानै बालुवाटार पुग्नुभएको छ। उहाँहरुबीच राष्ट्रपतिकै चुनावको विषयमा केन्द्रीत भएर छलफल छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘राष्ट्रपति चुनावको विषयमा विभिन्न अड्कलबाजी सहितका प्रचार हुन थालेपछि प्रचण्ड र ओली छलफलमा बस्नुभएको हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad