ad ad

अपराध


रसुवामा गाई काट्दै गरेको अवस्थामा ३ जना पक्राउ

रसुवामा गाई काट्दै गरेको अवस्थामा ३ जना पक्राउ

प्रतिकात्मक तस्बिर


नेपालखबर
फागुन ४, २०७९ बिहिबार ११:०, हेटौँडा

रसुवामा गाई काटेको आरोपमा तीन जना पक्राउ परेका छन्। गएराति जिल्लाको कालिका गाउँपालिका २ काभ्रेटोल गाउँमा गाई काट्दै गरेको अवस्थामा ३ जनालाई पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

पक्राउ पर्नेहरुमा स्थानीय ४४ वर्षीय मुरली बुलुन, गुम्बाटोल बस्ने ४८ वर्षीय कान्छा लामा र ६५ वर्षीय सार्की स्याङ्बा छन्। 

प्रहरीका अनुसार घटनास्थलबाट गाईको मासु र बन्चरो १ थान, खुकुरी २ थान बरामद गरिएको छ। पक्राउ परेका तीनै जनाविरुद्ध गौहत्या अभियोगमा मुद्दा दायर गरिने प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .