ad ad

राजनीति


जसपा लुम्बिनी सरकारमा सहभागी हुन्छ : यादव

जसपा लुम्बिनी सरकारमा सहभागी हुन्छ : यादव

नेपालखबर
फागुन ३, २०७९ बुधबार २१:२०, काठमाडौँ

जनता समाजवादी पार्टी, नेपाल (जसपा) का केन्द्रीय अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले लुम्बिनी प्रदेशमा केही समयपछि सरकारमा सहभागी हुने बताएका हुनु।

जसपा नेपाल जिल्ला समन्वय समिति, रुपन्देहीले आज भैरहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले प्रदेश सरकार निर्माणमा जसपाको भूमिका महत्वपूर्ण रहेको जनाउँदै केही दिनपछि सरकारमा जाने उल्लेख गरे।

जसपाले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन गरी विश्वासको मतसमेत दिए पनि सरकारमा सहभागी नभएको जनाउँदै उनले नागरिकतासम्बन्धी समस्या समाधान, सत्ता साझेदारीमा सम्मानजनक सहभागिता हुनुपर्ने जसपाको माग रहेको बताए। 

पहिले सिट बाँडफाँट गरेर बाँकी जसपालाई दिने कुरा स्वीकार्य नहुने उनको भनाइ छ। संघीयतालाई मजबुत बनाउन संघीय कानुन आवश्यक रहेको यादवले बताए। 

उनले समय परिस्थितिअनुसार गठबन्धन र तालमेल फेरबदल हुनसक्ने उल्लेख गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .