ad ad

कारोबार


यती एयरलाइन्स दुर्घटनाका मृतक परिवारलाई नेपाल लाइफद्वारा एक करोड बढी दाबी भुक्तानी

यती एयरलाइन्स दुर्घटनाका मृतक परिवारलाई नेपाल लाइफद्वारा एक करोड बढी दाबी भुक्तानी

नेपालखबर
फागुन ३, २०७९ बुधबार २१:३०, काठमाडौँ

जीवन बीमा कम्पनी नेपाल लाइफले एक करोड एक लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ। 

पोखरा–१७, कास्की ठेगाना भएकी बिमित संगिता शाहीको माघ १ गते पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा असामायिक निधन भएको थियो। बालाजु शाखामा आयोजित एक कार्यक्रमकाबीच मृतकले इच्छाइएका व्यक्ति कोपिला घर्ति क्षेत्री (आमा) लाई रू एक करोड एक लाखको चेक हस्तान्तरण गरिएको छ। 

आफ्नो जीवनकालमा संगिताले नेपाल लाइफ इन्स्योरेन्स क.लि बालाजु शाखा कार्यालयबाट यही २०७९ भदौ २९ गते रु.५० लाख बीमाङ्क भएको जीवन सहारा बीमा योजना लिएकी थिइन्। बीमाङ्क बापतको रकम अन्तर्गत रु.५० लाख र दुर्घंटना मृत्यु दाबी बापत रु.५० लाख गरी जम्मा रु.१ करोड एक लाख इच्छाइएको व्यक्ति (आमा) लाई प्रदान गरिएको छ।

२०७९ पुस मसान्त सम्ममा सो कम्पनीको लगानी रु. १५६.४४ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १५०.८५ अर्ब रुपैयाँ र शेयरधनी कोष ९ अर्व ५२ करोडभन्दा बढी रहेको छ। कम्पनीमा २ लाख १२, हजार ६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका कम्पनीले जनाएको छ।

कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ। 

यसका साथसाथै कम्पनीले हालसम्म रु १९७.१८ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१ लाख १५ हजार ४२० बीमालेख जारी गरिएको छ।

ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .