ad ad

राजनीति


प्रधानमन्त्री दाहालसँगै हेलिकप्टरमा काठमाडौं फर्किए माधवकुमार नेपाल

प्रधानमन्त्री दाहालसँगै हेलिकप्टरमा काठमाडौं फर्किए माधवकुमार नेपाल

फाइल फोटाे


नेपालखबर
फागुन १, २०७९ सोमबार २०:१, कञ्चनपुर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कञ्चनपुर–कैलालीको भ्रमण सकेर काठमाडौं फर्किएका छन्। 

कैलालीको धनगढीबाट नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं उडेका प्रधानमन्त्री दाहालसँगै हेलिकप्टरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि छन्।

एकीकृत समाजवादीका अध्यक्ष नेपाल सुदूरपश्चिम प्रदेशस्तरीय पार्टी प्रशिक्षणका लागि आइतबार नै कैलाली आएका थिए। 
कैलाली–कञ्चनपुरका ठूला विकासे योजनाको निरीक्षणमा आएका प्रधानमन्त्री दाहालसँगै नेपाल पनि एउटै हेलिकप्टरमा काठमाडौँ फर्किएका हुन्।

‘प्रधानमन्त्रीज्यूले हिजो अध्यक्ष कमरेडलाई भेट्नका लागि फोन गर्नु भएको थियो, उहाँले आफू धनगढी रहेको बताउनुभयो, त्यसपछि प्रधानमन्त्रीज्यूले फर्किने बेला सँगै फर्किउँला भन्नु भएको थियो’ माधव नेपाल निकट एक नेताले नेपालखबरसँग भने, ‘आज प्रधानमन्त्रीज्यूसँगै हेलिकप्टरमा काठमाडौं फर्कनु भएको हो।’ 

नेपाल नेतृत्वको पार्टीले दाहाललाई विश्वासको मत दिएर अहिले प्रतिपक्षमा छ। तत्कालीन वाम लोकतान्त्रिक गठबन्धन ब्यूँतिने चर्चा छ भने दाहालले नेपाललाई सरकारमा ल्याउनेका लागि छलफल पनि अगाडि बढाइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .