राजनीति


नेपाल र भारतबीच द्विदेशीय तथा क्षेत्रीय सहकार्यका बृहत् सवालमा समीक्षा

नेपाल र भारतबीच द्विदेशीय तथा क्षेत्रीय सहकार्यका बृहत् सवालमा समीक्षा

नेपालखबर
फागुन १, २०७९ सोमबार १५:४१, काठमाडौँ

नेपाल र भारतका विदेश सचिवबीच सोमबार द्विदेशीय तथा क्षेत्रीय सहकार्यका बृहत् सवालमा समीक्षा भएको छ। 

परराष्ट्र सचिव भरतराज पौड्याल र उनका भारतीय समकक्षी विनयमोहन क्वात्राबीच आज सोमबार मध्यान्ह भएको प्रतिनिधीमण्डलस्तरीय वार्तामा दुई देशको सहकार्यका अलावा बीबीआइएन (बंगलादेश, भुटान, भारत र नेपाल) बीचको उपक्षेत्रीय सहकार्यबारे पनि कुराकानी भएको हो। बीबीआइएन उपक्षेत्रीय पहल भनिने उक्त मञ्चले कनेक्टिभिटी, विद्युत् व्यापार र आर्थिक क्षेत्रमा सहकार्य गर्न जोड दिँदै आएको छ।  

परराष्ट्र मन्त्रालयका अनुसार नेपाल र भारतका विदेश सचिवबीच कनेक्टिभिटी, व्यापार तथा पारवहन, जलविद्युत् क्षेत्रमा सहकार्य, कृषि, शिक्षा, संस्कृति, स्वास्थ्य र जनस्तरको संबन्धका क्षेत्रमा जारी सहकार्यको समीक्षा भएको छ। 

नेपालस्थित भारतीय दूतावासका अनुसार परराष्ट्र सचिवस्तरीय वार्तामा दुई देश र समग्र क्षेत्रको हितका लागि आर्थिक र विकास सहकार्यलाई थप सुदृढ गर्न दुवै पक्ष सहमत भएका छन्। 

क्वात्रा आजै बिहान नेपाल आएका हुन्। उनले परराष्ट्रमन्त्री बिमला राईसँग भेटेका छन्। उनले केहीबेरमा प्रधानमन्त्री प्रचण्डसँग भेट्नेछन्।

त्यसैगरी राष्ट्रपति विद्या भण्डारीसँग पनि उनले साँझ भेट्नेछन्। एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेर बहादुर देउवासँग पनि उनले आजै भेट्नेछन्।

भोलि मधेशवादी नेताहरुसँग भेट्ने भारतीय दूतावासले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad