ad ad

खेल


आईसीसी लिग २ : सुखद नतिजा निकाल्नुपर्ने दबाबमा नेपाल

आईसीसी लिग २ : सुखद नतिजा निकाल्नुपर्ने दबाबमा नेपाल

नेपालखबर
फागुन १, २०७९ सोमबार १५:५८, काठमाडौँ

मंगलबारदेखि सुरु हुने आईसीसी लिग २ अन्तर्गत त्रीकोणात्मक सिरिजमा सुखद सुरुवात गर्ने योजनामा नेपाल, नामिबिया र स्कटल्याण्ड छन्। 

पछिल्लो समय खराब समय र लयमा रहेको नेपाली टोलीलाई घरेलु मैदानमा सुखद नतिजा निकाल्नुपर्ने दबाब छ।

खेल अघिको पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान रोहित कुमार पौडेलले भने, ‘यो सिरिज हाम्रो लागि निकै महत्वपूर्ण छ।’

आगामी सिरिज कस्तो हुन्छ भन्ने निर्भर पनि यो सिरिजले गर्ने कप्तान पौडेलले बताए।

उनले भने, ‘सिरिजका लागि हाम्रो तयारी राम्रो छ, खेलाडीहरु सबै मानसिक रुपमा तयार छन्।’ 

घरेलु मैदानमा खेल भएपनि आफूहरुलाई कुनै दबाब नभएको कप्तान पौडेलले बताए। टोलीमा नयाँ प्रशिक्षक भए पनि आफूहरुका लागि सहज भएको पौडेलले बताए।

नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाईले नेपालको ब्याटिङ सुधारको लागि काम भइरहेको बताएका छन्। 

स्कटल्याण्ड टोलीका प्रशिक्षक सेन बर्गरले आफूहरुको लक्ष्य अंकतालिकाको शीर्ष स्थानमा रहने बताएका छन्। 

उनले भने, ‘नेपाल र स्कटल्याण्डको पिच र मौसमको अवस्था धेरै फरक रहेछ।’

नामिबियाका प्रशिक्षक जोहान रुडोल्प नेपाली भूमिमा बलियो प्रतिस्पर्धा हुने सुनाएका छन्।

उनले भने, ‘सिरिजका बाँकी खेल हाम्रो लागि महत्वपूर्ण छ। हाम्रो ६ खेल बाँकी छ, हामी अंक तालिकामा सुधारको लक्ष्यमा छौँ।’  

सिरिजको खेल तालिका
फागुन २ गते : नेपालविरुद्ध नामिबिया
फागुन ३ गते : नामिबियाविरुद्ध स्कटल्याण्ड
फागुन ५ गते : नेपालविरुद्ध स्कटल्याण्ड
फागुन ६ गते : नेपालविरुद्ध नामिबिया
फागुन ८ गते : नामिबियाविरुद्ध स्कटल्याण्ड
फागुन ९ गते : नेपालविरुद्ध स्कटल्याण्ड

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .