राजनीति


छिट्टै पार्टी एकताको अर्को प्रक्रिया अघि बढ्ने छ : प्रचण्ड

छिट्टै पार्टी एकताको अर्को प्रक्रिया अघि बढ्ने छ : प्रचण्ड

तस्बिर : प्रदीपराज वन्त/रासस


नेपालखबर
फागुन १, २०७९ सोमबार ९:१२, काठमाडौँ

प्रधानमन्त्री तथा नेकपा मााओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै पार्टी एकताको अर्को प्रक्रिया अघि बढ्ने बताएका छन्। २८ औं जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

‘म आफैंले पनि धेरै किसिमका नेतृत्वसँग लगातार छलफल गरिरहेको छु’, प्रधानमन्त्री प्रचण्डले भने, ‘मलाई विश्वास छ छिट्टै पार्टी एकताको अर्को एउटा प्रक्रिया अघि आउने छ। जसले आम नेता कार्यकर्तालाई उत्साहित गराउनेछ।’

पार्टी पुनः निर्माण गर्ने, आन्दोलनलाई अघि बढाउने र जनताको भावना अनुसार काम गर्न जिम्मेवारी थपिएको उनको भनाई छ।

‘हामीले एकपटक नयाँ सकल्पसहित अघि जानुछ’, सम्बोधनको क्रममा प्रचण्डले भने, ‘म ऐतिहासिक दिनमा र भर्खरै नेपाल सरकारबाट भएको निर्णयका सन्दर्भमा सबै माओवादी धाराका विभिन्न समूहलाई अब एकतावद्ध भएर सामाजिक न्याय र रुपान्तरणको निम्ति अघि बढ्न अपिल गर्न चाहन्छु। केही समयअघि देखि आन्दोलनलाई अघि बढाउने प्रक्रिया अघि बढेको छ।’

आफूसँग छलफलमा रहेका सबैले आ–आफ्नो ढंगले एकता प्रक्रियालाई अघि बढाउने संकल्प पनि गरेको जानकारी उनले दिए। 

साथै, उनले जनयुद्ध दिवस माओवादीको मात्र नभई राष्ट्रकै सम्पत्ति भएको टिप्पणी गरे। 

‘मैले यो क्याबिनेटबाट निर्णय गराएको छु। यो अब माओवादीको मात्र नभई राष्ट्रकै सम्पति बन्न पुग्यो,’ प्रधानमन्त्री प्रचण्डले भने।

देशलाई सुशासनको बाटोमा लाने जिम्मेवारी मिलेको भन्दै उनले असफल हुने छुट आफूलाई नहुने प्रधानमन्त्रीले बताए। ‘अहिले हामी सामाजिक न्याय, सुशासन र समृद्धिको नयाँ यात्रामा छौं। अर्थतन्त्र र राजनीतिको स्थिति के छ भन्ने कुरामा सरकारले नेतृत्व गर्ने अवसरको रुपमा लिएका छौं। हामीलाई असफल हुने विल्कुल छुट छैन,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .