ad ad

राजनीति


जनयुद्ध दिवस माओवादीको मात्र नभई देशकै सम्पत्ति बनेको छ : प्रधानमन्त्री प्रचण्ड

जनयुद्ध दिवस माओवादीको मात्र नभई देशकै सम्पत्ति बनेको छ : प्रधानमन्त्री प्रचण्ड

तस्बिर : प्रदीपराज वन्त/रासस


नेपालखबर
फागुन १, २०७९ सोमबार ८:५८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध दिवस माओवादीको मात्र नभई राष्ट्रकै सम्पत्ति भएको टिप्पणी गरेका छन्। जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो टिप्पणी गरेका हु्न। 

‘मैले यो क्याबिनेटबाट निर्णय गराएको छु। यो अब माओवादीको मात्र नभई राष्ट्रकै सम्पति बन्न पुग्यो,’ प्रधानमन्त्री प्रचण्डले भने।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले जनयुद्ध दिवसको शुभकामना दिँदै जनयुद्ध दिवसलाई वैधानिक तवरबाट स्थापित गर्नपर्ने बताए। 

‘पार्टी अध्यक्ष र प्रधानमन्त्रीको हैसियतमा सम्पूर्ण श्रमजीवि जनसमुदायमा हार्दिक बधाई र शुभकामना व्यक्त गर्छु। यो दिन एउटा ऐतिहासिक दिन हुनुको नाताले वैधानिक तवरबाट यसलाई स्थापित गरिनुपथ्र्यो’, प्रधानमन्त्री प्रचण्डले भने, ‘यो निर्णय आफैंमा सबै बेपत्ता योद्धाप्रतिा, जनआन्दोलनमा सहादत प्राप्त गर्ने सबैप्रतिको सम्मान हो। यो संकल्प पनि हो। सामाजिक आर्थिक रुपान्तरणमा पुर्याउने संकल्प पनि हो।’

साथै, उनले पुनः माओवादी आन्दोलनलाई एकीकृत गर्नेगरी आफू लागेको बताए। ‘यो हामी सबैको लागि खुसीको कुरा पनि हो। आन्दोलनलाई एकीकृत गर्नेगरि अघि बढिएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने।

देशलाई सुशासनको बाटोमा लाने जिम्मेवारी मिलेको भन्दै उनले असफल हुने छुट आफूलाई नहुने बताए। 

‘अहिले हामी सामाजिक न्याय, सुशासन र समृद्धिको नयाँ यात्रामा छौं। अर्थतन्त्र र राजनीतिको स्थिति के छ भन्ने कुरामा सरकारले नेतृत्व गर्ने अवसरको रुपमा लिएका छौं। हामीलाई असफल हुने विल्कुल छुट छैन,’ प्रधानमन्त्री प्रचण्डले भने। 

सामाजिक न्याय, सुशासन र आर्थिक क्षेत्रमा फड्को मार्नै पर्ने चुनौती आफूलाई रहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .