राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला अर्यालले उम्मेदवारी दर्ता गराएकी छिन्।
उनको प्रस्तावकमा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र समर्थकमा एमाले संसदीय दलका नेता देवेन्द्र दाहाल र स्वतन्त्र सांसद खिमलाल देवकोटा रहेको संसद सचिवालयले जनाएको छ।
प्रतिपक्षी दल नेकपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवार नउठाउने निर्णय गरेको छ। कांग्रेसको उम्मेदवारी नपरेसँगै अर्याल राष्ट्रियसभा निर्वाचनमा निर्विरोध निर्वाचित हुने सम्भावना छ।
संसद सचिवालयले आज अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको बताएको छ।
राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्ने प्रयास प्रधानमन्त्री प्रचण्डले गरेसँगै कांग्रेसले माओवादीलाई साथ दिँदै आएको छ।
प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले सभामुख र उपसभामुखमा भने आफ्ना उम्मेदवार उठाएको थियो।
Shares

प्रतिक्रिया