ad ad

राजनीति


सीतापाइलामा बस र सुमो ठोक्किँदा एक जनाको मृत्यु, ४ घाइते

सीतापाइलामा बस र सुमो ठोक्किँदा एक जनाको मृत्यु, ४ घाइते

नेपालखबर
माघ १६, २०७९ सोमबार १४:९, काठमाडौँ

काठमाडौंको सीतापाइलमा मिनी बस र सुमो ठक्करखाँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा ३ जना घाइते भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।

सोमबार बिहान ११ बजेतिर कलंकीबाट सीतापाइला जाँदै गरेको बा २ ख ३६ मिनिबस र सीतापाइलाबाट कलंकीतर्फ जाँदै गरेको ना १ ज ३४२१ नम्बरको सुमो एकआपसमा ठक्कर खाएका थिए।

रसुवाको गोसाइकुण्ड ६ घर भइहाल पुतलीसडक बस्ने ५१ वर्षीया यायालम घलेको दिउँसो १ बजेतिर मृत्यु भएको छ।

दुर्घटना लगतै प्रहरी वृत्त स्वयम्भू र कालीमाटीबाट खटिएका प्रहरी टोलीले घाइतेहरुलाई उद्धार गरी अस्पताल पठाइएका थिए।

मनमोहन अस्पताल लगिएका ३ जनाको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ। नेशनल अस्पताल कलंकीमा १ जना गम्भीर घाइतेको उपचार भइरहेको एसपी मैनालीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .