राजनीति


प्रहरीले गर्‍यो कांग्रेस महासचिव गान्धीमाथि हातपात

प्रहरीले गर्‍यो कांग्रेस महासचिव गान्धीमाथि हातपात

नेपालखबर
पुस १३, २०७६ आइतबार ५:५४,

भारतीय राष्ट्रिय कांग्रेसकी महासचिव प्रियंका गान्धीले लखनऊमा एक महिला प्रहरीले आफ्नो घाँटीमा अठ्याएको र कुटपिट गरेको आरोप लगाएकी छन्।

नागरिकता संशोधन ऐनको विरोध गरेको आरोपमा पक्राउ परेका एक रिटायर्ड पुलिस अफिसरको घरमा जाँदै गर्दा आफूलाई बाटैमा रोकेर प्रहरीले यस्तो हर्कत गरेको उनका दावी छ।

उत्तरप्रदेश प्रहरीले भने एक विज्ञप्ति प्रकाशित गर्दै प्रियंका गान्धीको दावी गलत रहेको बताएको छ।

‘गान्धी तोकिएको भन्दा फरक बाटोमा गइरहेकी थिइन्’, प्रहरीले भनेको छ, ‘उनैको सुरक्षाका लागि रोकेका हौँ, हातपात गरेको भन्ने गलत हो।’

७६ वर्षीय पूर्व प्रहरी अधिकारी एसआर दारापुरीलाई भेटनका लागि प्रियंका स्कुटरको पछाडि बसेर त्यसतर्फ जाँदै थिइन्। प्रहरीले रोकेपछि उनी पैदह हिँडेर घरमा पुगिन्। नागरिकता संशोधन ऐनको विरोध गरेको कारण यसै हप्ता दारापुरी पक्राऊ परेका थिए।

प्रियंकाले आफ्नो फेसबुक पेजमा एक भिडियो पनि पोस्ट गरेकी छन्। जसमा उनी पार्टी कार्यकर्ताहरुसँग हिँडिरहेको देख्न सकिन्छ।

यस भिडियोको क्याप्समा प्रियंकाले लेखेकी छन्, ‘उत्तर प्रदेश प्रहरीको यो के हरकत हो? अब हामीलाई कहीँ जान आउनका लािग रोकिरहेका छन्। म रिटायर्ड पुलिस अफिसर र अम्बेडकरवादी सामाजिक कार्यकर्ता एसआर दारापुरीको घरमा गइरहेकी थिए। जसलाई यूपी प्रहरीले एनआरसी र नागरिकता कानूनको शान्तिपूर्वक विरोध गरेकोले उनलाई घरबाट उठाएको थियो।’

उनले अगाडि भनेकी छन्, ‘मलाई जबरजस्ती रोकियो। महिला प्रहरी अधिकारीले मेरो घाँटीमा समातेर तानिन्। तर, मेरो अठोट दृढ छ। म उत्तर प्रदेशमा पुलिस दमनको शिकार बनिरहेका प्रत्येक नागरिकको साथ खडा छु। यो मेरो सत्याग्रह हो।’

उनले सरकारको कायरतापूर्ण हरकत भएको समेत उल्लेख गरेकी छन्। ‘भाजपा सरकार कायरतापूर्ण व्यवहार गर्दैछ। म उत्तर प्रदेशको बासिन्दा हुँ र म उत्तर प्रदेश कहाँ जान्छु भनेर यो सरकारले तय गर्नु पर्दैन।’

गान्धीको आरोपपछि लखनऊ प्रहरीले विज्ञप्ति जारी गर्दै यसको खण्डन गरेको हो। लखनऊका एसएसपी कलानिधि नैथानी र क्षेत्रीय एमसीआरका डीएमसी अर्चना सिंहले पत्र नै लेखेर कांग्रेस महासचिव प्रियंका गान्धी वाड्रा लखनऊ आउँदैछ भनेर जानकारी दिएका थिए।

पत्रमा लेखिएको छ कि प्रियंका गान्धीले निर्धारित मार्गबाट नगएर अर्को अर्को मार्गमा गएपछि उनलाई रोकिएको हो। प्रियंकाकै सुरक्षालाई लिएर उनको यात्रालाई रोकिएको र अगाडिको यात्राका बारेमा जानकारी मागिएको थियो। कांग्रेस कार्यकार्तलाई यसको बारेमा जानकारी थिएन्। पत्रमा सामाजित्र सञजालमा आएको हातपातको कुरामा कुनै सत्यता नभएको समेत बताइएको छ।

समचार एजेन्सी एएएनआईसँग प्रियंकाले भनेकी छन्, ‘जब म दारापुरीजीको परिवारसँग भेट्न गइरहेकी थिएँ। यूपी प्रहरीले मलाई रोक्यो। उनहरुले मेरो घाँटीमा समाय र पिटपाट गरे। जब म पार्टी कार्यकर्ताका साथ स्कुटीमा बसेर बैठकमा जाँदै थिए। प्रहरीले मलाई घेरे। यसपछि म पैदल हिँडेर गए।

 समाचार एजेन्सी एएनआईका अनुसार प्रियंकाले भनिन्, 'उनीहरूले मलाई सडकको बीचमा रोके। उनीहरूले मलाई रोक्न कुनै कारण पाएनन्। किन उनीहरूले त्यसो गरे भगवान्‌लाई थाहा छ।’

सुस्मिाताको दावीपछि कांग्रेस नेता सुस्मिता देवले पत्रकार सम्मेलन गर्दै यूपी प्रहरीमाथि हतपात गरेको आरोप लगाएकी छन्।

उनले भनेकी छन्, ‘प्रहरीले प्रियंका गान्धीलाई घेरा हाल्यो। यो त्यतिबेला भयो जब उनको गाडीमा पाँच जनाभन्दा कम मानिस थिए। र यो घारा १४४ को उलंधन पनि थिएन्।’ उनले प्रहरीको हर्कत सुरक्षा कर्मचारीको जस्तो नभइ अत्याचारीको जस्तो भएको आरोप लगाएकी छन्।

उनले हातपातका कारण प्रियंकालाई चोट लागेको बताइन्। उनले सर्वसाधरणमाथि गोली चलाउने र गान्दीमाथि हातपात गर्ने प्रहरीलाई कारबाही गर्न मुख्यमन्त्री योगी आदित्यनाथसँग माग गरेकी छन्। उनले प्रियंकाले यूयीको शान्ति भंग गर्ने कुनै कदम नचालेको दावी गरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad