कारोबार


यी देशका अग्ला भवन तथा टावरमा टाँगिँदै नेपाली झण्डा र भ्रमण वर्षको लोगो

यी देशका अग्ला भवन तथा टावरमा टाँगिँदै नेपाली झण्डा र भ्रमण वर्षको लोगो

नेपालखबर
पुस १३, २०७६ आइतबार ४:५९,

नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा अर्थात् २०१९ डिसेम्बर ३१ मा विश्वका २० अग्ला टावरमा नेपाली झण्डा र भ्रमण वर्षको लोगो राखिने भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गैरआवासीय नेपाली संघ (एनआरएनए)को सहयोगमा यस्तो कार्यक्रम गर्न लागिएको जानकारी दिएका हुन्।

याे पनि : विश्वका २० वटा अग्ला टावरमा नेपाली झण्डा र भ्रमण वर्षको लोगो फहराउँदै छौँः पर्यटनमन्त्री भट्टराई

अस्ट्रेलिया, न्युजिल्यान्ड, जापान, दक्षिण कोरिया, कतार, संयुक्त अरब इमिरेट्स, हङकङ, जर्मनी, बेल्जियम, यूके, यूएसए, युरिल्यान्ड, क्यानडालगायत स्थानका २० अग्ला भवन तथा टावरमा नेपाली झन्डा तथा नेपाल भ्रमण वर्षको लोगो फहराउने कार्यक्रम राखिएको पर्यटन मन्त्रीले जानकारी दिएका छन्।

यसका लागि एनआरएनएका अध्यक्ष कुमार पन्तलाई आग्रह गरिएको उनले यसलाई सहर्ष स्वीकार गरेको मन्त्री भट्टराईले आफ्नो फेसबुक स्टाटसमार्फत जानकारी दिएका हुन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad