राजनीति


नेकपा सचिवालय बैठकः एमसीसी र सभामुखबारे छलफल नै भएन

नेकपा सचिवालय बैठकः एमसीसी र सभामुखबारे छलफल नै भएन

नेपालखबर
पुस १३, २०७६ आइतबार ६:१२,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक कुनै सहमतिविना टुंगिएको छ।

आइतबार बिहान प्रधानमन्त्री निवासमा बसेको सचिवालय बैठकमा मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) र सभामुखका चयन मुख्य एजेन्डा थिए।

बैठकको सुरुमा एमसीसीको बारेमा छलफल भए पनि सहमति नजुटेको र नेताहरुको हतारोका कारण सभामुखको विषय बैठकमा प्रवेश नै नगरेको बताएइएको छ।

बैठकमा सभामुख चयनको विषय प्रवेश नै नगरेको सचिवालय सदस्य झलनाथ खानलले जानकारी दिए। ‘सभामुख चयन मुख्य विषय भए पनि यसबारेमा बैठकमा कुनै छलफल भएन’, नेपालखबरसँग कुरा गर्दै वरिष्ठ नेता खनालले भने।

 सचिवालय बैठकले प्रदेश ३ को राजधानी हेटौँडा र नाम बागमति राख्न निर्देशन दिने समेत निर्णय गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad