प्रतिनिधिसभाको उपसभाभुखमा इन्दिरा राना मगर विजयी भएकी छिन्।
शनिबार भएको निर्वाचनमा रानाको पक्षमा १६६ सांसदको मतसहित उनी प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित भएकी हुन्।
प्रतिनिधिसभा बैठकमा भएको मतदानमा सत्तारुढ दलका साझा उम्मेदवार रहेकी रानाले १६६ मत प्राप्त गरेकी हुन्।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल भने तटस्थ रहे। इन्दिरालाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत सत्तारुढ गठबन्धनका दलहरुले मतदान गरेका थिए।
कांग्रेसको तर्फबाट उम्मेदवार मुक्ताकुमारी यादवले भने ९७ मत प्राप्त गरिन्। बैठकमा २ सय ६४ सदस्य उपस्थित थिए।
गत माघ ५ गते सत्तारुढ दलहरुकै समर्थनमा एमाले सांसद देवराज घिमिरे सभामुखमा निर्वाचित भएका थिए।
सत्तारुढ दलहरुबीच राष्ट्रपति एमालेलाई र उपराष्ट्रपति पद माओवादी केन्द्रलाई दिने सहमति पनि यस अघि नै भइसकेको छ।
यता, विपक्षमा रहेको काँग्रेसले पनि राष्ट्रपति पदमा आफू दावी कायमै राखेको छ। सत्तारुढ माओवादी केन्द्रको समर्थनमा आफ्नो पार्टीले राष्ट्रपति पाउने आशमा काँग्रेस रहेको बताइएको छ।

Shares

प्रतिक्रिया